• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ बैशाख २०८३, सोमबार
१४ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
  • ६ घण्टा 

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
  • ७ घण्टा 

राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो
  • ८ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा
  • १३ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १३ घण्टा 

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
  • १ दिन 

नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार
  • १ दिन 

लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए
  • १ दिन 

लोकप्रिय समाचार

  • १. Redmi Buds 8 Active is Available in the Nepali market with enhanced comfort and long battery life

  • २. २०८३ वैशाख १० गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल”सम्पन्न : ऐतिहासिक सहभागिता र अभूतपूर्व ग्राहक संलग्नता

  • ४. दैनिक प्रयोगका लागि उपयुक्त : रेडमी बड्स ८ एक्टिभ नेपालमा

  • ५. नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार

  • ६. छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने

  • ७. गोदरेज रेफ्रिजरेटर : टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा

  • ८. नबिल बैँकद्धारा १६ स्थानमा सिपमूलक वित्तिय साक्षरता र उद्यमशीलता विकास तालिम सञ्चालन

  • ९. बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव : देशभरका शाखाहरूमा सामाजिक अभियानहरू संचालन

  • १०. २०८३ वैशाख ११ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

फेवाको किनारबाट रङकर्मीले देखे ‘प्योर प्रकृति’

जानकारी केन्द्र २०७९, आश्विन, ४

पोखरा । विश्वमै ख्यातिप्राप्त पर्यटकीय नगरी पोखरा, अनि यसको मुटु फेवातालका किनारमा पर्यटकको चहलपहल थियो । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल र आसपासका दृष्यपान गर्दै आफ्नै लयमा रमाइरहेका थिए स्वदेशी तथा विदेशी पर्यटक । कतै तस्वीर खिच्दै गरेका त कतै सेल्फीमा रमाइरहेका थिए उनीहरु ।

फेवामा तैरिरहेका डुङ्गा छालसँगै चलमलाइरहेका थिए । केही डुङ्गा पर्यटक बोकेर घरी तालबाराही मन्दिर त घरी फेवा किनार आवतजावतमा व्यस्त थिए । त्यही बीचमा देश–विदेशका एक सय १८ चित्रकारको हुल पनि मिसिएपछि सोमबारको जमघट बाक्लिएको थियो । पोखरामा पर्यटकहरू आउने क्रम सुरु हुनै लागेकाले अझै सोचेअनुसार पर्यटक आइपुगिसकेका छैनन् ।

कलाकारको जमघटले त्यहाँको माहोल बाक्लिएको पाइन्थ्यो । फेवातालबाट देखिन दृश्यले कलाकारलाई चुप लागेर बस्न दिएन । आएका कलाकार दुरान्तर कायम गर्दै मस्तिष्कमा खिचिएका दृश्यलाई टाइपोट र इजलका साथ जलरङमा कुची चोपेर क्यान्भास रङ्ग्याउन थालिहाले । कोही डुङ्गामा पुगे, कोही बाराही मन्दिर गए, कोही फेवा किनारमै बसे त कोही ‘वाकिङ प्लेस’का प्रतिक्षालयबाट नियाल्दै चित्र कोर्न लागे ।

विभिन्न कोण समाएर कलाकारले फेवालाई टम्म घेरे । आ–आफ्नो कोणबाट दृश्य सिर्जना गरे । उनीहरूको तीन दिनदेखिको थकान फेवाले बिर्साइदियो । आगन्तुक आन्तरिक र बाह्य पर्यटक आफ्ना आँखाले नियालिरहेका दृश्यहरू क्यान्भासमा देख्न पाउँदा ट्वाल्ल परेका थिए । उनीहरूले कलाकारसँग तस्वीर र सेल्फी लिन पनि भ्याए ।

यो अवसर जुटाइदिएको थियो नेपालको अन्तर्राष्ट्रिय जलरङ समाज ९आइडब्लुएस०ले । पूर्वदेखि पश्चिमसम्मका नेपाली कलाकारका साथमा भारत, बङ्गलादेश र इरानका एक सय १८ कलाकार सहभागी थिए यहाँ । भारतका कलाकार विजय विस्वाल फेवाको सुन्दरताले मन छोएको र कलाकारका लागि यो अनुपम उपहार भएको बताए।

फेवालाई नेपालको दोस्रो सबैभन्दा ठूलो र गहिरो ताल मानिने स्थानीयवासीले सुनाए । यो तालमा माछापुच्छ र अन्नपूर्ण हिमालको मनोरम दृश्य तैरिन्छ । किनारबाट पनि आसपासका प्राकृतिक सुन्दरता नियाल्न सकिन्छ ।

तालको बीचमा पर्ने तालबाराही मन्दिर अर्को विशेषता हो । प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो, त्यही शिलामा मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजा गर्न थालिएको भनाइ छ । बाराही देवीको शक्तिले तालको बीचमा टापु बनेको र तालको बीचमा रहेकाले नाम तालबाराही हुन गएको हो ।

प्रमुख शक्तिपीठमध्ये एक मानिने यहाँ दाम्पत्य जीवन सुखमय हुने विश्वासमा धेरै मानिस दर्शन गर्न आइपुग्छन् । सोमबार धेरै कलाकारले त्यही तालबाराहीमै बसेर वरपरका सौन्दर्य र मन्दिरका दृश्य समेटे । फेवाको किनारमा बसेर ताललाई क्यान्भासमा सजाएका भक्तपुरका कलाकार अञ्जन अधिकारीले यहाँ बसेर इजेलका साथ हातमा क्यान्भास र रङ लिएर जब कुची चोप्न थालिन्छ, त्यसपछि शरीरमा आफैँ नौलो ऊर्जा भरिने सुनाए ।

उनले भने, “यहाँबाट हेर्दा माछापुच्छ« को जुन प्रतिविम्ब फेवातालमा झल्किन्छ, त्यो हृदयस्पर्शी छ, जव ती पानीका छालहरु विस्तारै तरङ्गीत हुन्छ नी, एउटा कलाकारमा भित्रैदेखि स्वच्छ रक्त सञ्चार हुन्छ, अनि उर्जा आइदिन्छ, काम गर्नका लागि शक्ति बढ्छ र उत्साह थपिन्छ ।”

कुनै पनि कलाकार फेवामा पुग्दा त्यहाँको गहिराइमा डुवेर प्राकतिक सुन्दरतालाई चित्रण गर्न आतुर हुन्छन् । पोखरालाई पहिलोचोटी स्पर्श गरेका इलामका कलाकार किरणकुमार शिगुलाई पनि त्यही अनुभूति भयो । “नौलो अनुभूतिको आनन्द प्राप्त हुने रहेछ”, शिगुले थपे, “कला प्रकृतिबाटै सिकिन्छ, प्रकृतिकै नक्कल गरेर चित्र सिर्जना हुने हुँदा फेवा किनारबाट नियाल्दा भित्रैदेखि सन्तुष्टि प्राप्त भयो ।”

कलाकारहरुको बुझाइमा एउटा चित्रकारले जे कुरा खोजिरहेको हुन्छ ती चिजहरु एकै स्थानबाट प्राप्त गर्न सकिने स्थान हो फेवाताल । उक्त अबसर धेरै ठाउँमा पाइदैन । विविधतायुक्त प्रकृतिलाई खेलाउन फेवा किनार उत्कृष्ट गन्तव्य भएको उनीहरुको भनाइ थियो । यहाँ बसेर रङ खेलाउन औधी मजा हुने कलाकारहरुले बताए ।

यसपालीको आर्ट क्याम्पमा उत्कृष्ट १० मा परेका चितवनका कलाकार बरुणबाबु घिमिरेले फेवाबाट दुरान्तर असाध्यै राम्रो हुने बताए । “एक त सुन्दर ताल त्यसमाथि उभिएको माछापुच्छ«सहितका प्राकृतिक छटाले आर्ट गरेरै थाकिन्न जता फर्कियो त्यतै पेन्टिङ गरौँ गरौँ झैँ लाग्छ”, उनले भने । घिमिरेका अनुसार पोखरा नेपालीपन र नेपाली परिवेश बोकेको ठाउँ हो ।

भक्तपुरका कलाकार सुस्मा श्रेष्ठ र उनकी छोरी श्रेया हाडा पनि आर्ट क्याम्पमा सहभागी थिए । दुवै जनाले फेवाको दृष्यलाई सोमबार जलरङले सजाए । सुस्मालाई त्यो नजिकका हरियालीभित्रको मसिना कण बनाउन खुब ऊर्जा मिल्यो ।

प्रकाशको किरणसँगै छिनछिनमा बदलिने प्रकृतिका रङसँगै कलाकारले रङ खेलाउन सक्नुपर्छ । त्यसमाथि जलरङ खेलाउन त्यति सजिलो हुन्न । यहाँको हरियाली वातावरण, तरेली परिरहने एकनासको छाल, सिरिर।।र बहिरहने हावा र हिमालको स्पर्शले मुग्ध पारिदिन्छ ।

साँच्चैभन्दा फेवा किनारले मानिसको तनाव कम गरेर खुसी दिलाइदिन्छ । त्यही विषयलाई क्यान्भासमा उतार्दा आउने आनन्द छुट्टै हुने कलाकर श्रेष्ठले सुनाए । नजिकै देखिने सराङकोटलाई क्यान्भासमा उतारेकी हाडाले भनिन्, “फेवाको किनारबाट ‘प्योर’ प्रकृतिभन्दा अरु केही देखिएन ।” अर्का कलाकार बाबु साहिलाका अनूभूति पनि त्यस्तै थियो । उनले सोमबार त्यही प्राकृतिक खुराकलाई आर्ट पेपरमा सङ्गालेको बताए ।

यहाँको प्राकृतिक सौन्दर्यको अथाह प्रेमले गर्दा नै सिर्जनाका लागि विभिन्न जिल्लाका कलाकारलाई पटकपटक यहाँ तानेर ल्याउने गरेको स्थानीय कलाकार मनोज तामाङले बताए । रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

ताजा

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 

राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.