अर्थको बेवास्ताले चाडपर्वमा चिनी महँगो
काठमाडौं । चाडपर्वमा उपभोक्तालाई सहुलियत दिन सरकारले सुपथ मूल्य पसल सञ्चालन गरेको भए पनि यो वर्षको दसैंमा उपभोक्ताले चिनी महंगोमा किन्नुपर्ने भएको छ। सरकारले हरेक वर्ष चाडपर्वमा सहुलियत दरमा चिनी बिक्री गर्दै आएको भए पनि यो वर्षको चाडमा भने चिनी अझै महँगिने संकेत देखिएको छ।
अहिले बजारमा चिनी किलोको १ सय १० रूपैयाँमा बिक्री भैरहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कर छुटमा ५० हजार मेट्रिक टन चिनी खरिदको लागि अनुमति मागेको भए पनि अर्थ मन्त्रालयले स्वीकृति नदिएपछि बजारमा चिनी महँगिने भएको हो।
आपूर्तिले साल्ट ट्रेडिङ कर्पोरेसनलाई ४० हजार र खाद्य व्यापार कम्पनीलाई १० हजार गरी कुल ५० हजार मेट्रिक टन चिनी आयातका लागि अनुमति मागेको थियो। बजारमा हस्तक्षेप बढाउन भन्सार छुटमा चिनी आयातको लागि अनुमति माग गरेको भए पनि स्वीकृति नपाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–प्रवक्ता उर्मिला केसीले बताइन्। ‘अर्थमा पत्र पठाएका हौं,’ उनले भनिन्– ‘स्कीकृति आएको छैन।’
सरकारी स्वामित्वका संस्थानमार्फत पर्याप्त चिनी खरिद गरेर बजारमा हस्तक्षेप गर्न नसक्दा मूल्यमा बेथिति हुने गरेको छ। चिनी आयात गर्दा ४० प्रतिशत भन्सार महसुल तथा १३ प्रतिशत मूल्य अभिवृध्दि कर तिर्नुपर्छ। व्यापारीले मनोमानी रूपमा चिनी बिक्री गर्दा उपभोक्ता ठगिने गरेका छन्। चाडपर्वमा अहिलेको मूल्यभन्दा अझ महँगो हुने अनुमान गरिएको छ। सरकारको लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी स्टक राखेर हस्तक्षेप गर्न नसक्दा उपभोक्ता मर्कामा पर्ने भएका छन्।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
