• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ बैशाख २०८३, सोमबार
१४ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • ७ घण्टा 

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • ९ घण्टा 

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
  • ९ घण्टा 

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
  • १० घण्टा 

राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो
  • ११ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा
  • १६ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १७ घण्टा 

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

  • २. गर्मीलाई मात दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोकु’ : नयाँ “फ्रोस्टलाइन” कुलर लाइनअप सार्वजनिक

  • ३. २०८३ वैशाख १४ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल

  • ५. २०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. कारोबार ५ अर्ब ७७ करोड नाघ्दा नेप्सेमा १७.९१ अंकको गिरावट

  • ७. २०८३ वैशाख १२ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. आज हिमाल–पहाडमा बादल, तराईमा तातो लहरको सम्भावना

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

चार महिनापछि बेँसी झरे गोठाला

जानकारी केन्द्र २०७९, आश्विन, ६

बागलुङ । हिउँद्मा बेँसी झर्ने र बर्खामा लेक चढ्ने त भल्कोटीहरुको परम्परा नै हो । जेठ अन्तिम सातादेखि असारसम्म बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ भल्कोटका स्थानीयवासी आफ्ना पशुचौपाया लिएर लेक चढ्ने गर्छन् । करिब चार महिना बेँसी सुनसान जस्तै हुन्छ । बर्खा रोकिएर चाडपर्व शुरु भएसँगै उनीहरु बेँसी झर्न शुरु गर्छन् ।

चार महिनादेखि सुनसान भर्कोबाङमा यतिबेला निकै रौनक छाएको छ । वडा नं ६ मा पर्ने भर्कोबाङमा सयौँ वस्तुभाउ र मानिसको चहलपहल छ । मध्यपहाडी लोकमार्गभन्दा केही माथि रहेको पहाडको थुम्को ९भर्कोबाङ० मा स्थानीयवासीले आफ्ना पशु चौपायालाई लेकबाट झारेका छन् । असोज ५ गतेभन्दा अगाडि कसैले पनि बेँसीमा पशु चौपाया झार्न नपाउने नियम छ । मकै भित्राइसकेपछि अहिले यो ठाउँ खुल्ला र हरियाली छ । अब केही दिन स्थानीयका सयौँ पशु चौपाया यहीँ हुनेछन् ।

लेकबाट झरेका सयौँ पशु चौपायाले भर्कोबाङको पाटाहरु भरिएका छन् । ती पाटाहरुमा सयौँको सङ्ख्यामा गाई, गोरु, बाच्छाबाच्छी, भैँसी र भेँडाबाख्राहरु निकै रमाइरहेका देखिन्छन् । गोठालाहरुले पाटाहरुको छेउछाउतिर गोठ बनाएका छन् । उनीहरु अब केही दिन यहीँ गोठमा दिन रात बिताउने छन् । असोज ५ गते भल्कोटवासीले विशेष दिनका रुपमा पनि लिइन्छ । महिनौदेखि परिवारसँग छुटेकाहरु पनि अब भेट हुन्छन् । असोज ५ गते नै अधिकांश गोठलाहरु बेँसी झर्ने गर्छन् भने केही विस्तारै दशैँसम्म आउँछन् ।

स्थानीयवासीले लेक जाँदा महिनौंलाई पुग्ने खर्च बोकेर जाँने हुँदा बेँसी झेरपछि मात्रै परिवारसँग भेट हुने गर्छ । लेकबाट सयौँ पशु चौपाया बेँसी झरेपछि दशैँ आएको सन्देश दिन्छ । यहाँका एक परिवारले दजनौँ पशु चौपाया पाल्ने गर्छन् । वस्तुभाउलाई घाँस पु¥याउनकै लागि उनीहरु लेकमा लैजाने गर्छन् । करिब चाररपाँच महिना लेकमा बिताउँदा उनीहरुले चोयाबाट विभिन्न सामग्री निर्माण गर्ने, घ्यू उत्पादन गर्ने र बेच्ने गर्छन् ।

यसरी नै जीविकोपार्जन गर्दै आएका स्थानीयहरु अहिले पनि परम्परागत पशुपालनमै रम्न चाहन्छन् । स्थानीय वासिन्दाले लेक वैशाखदेखि नै जान पाउने व्यवस्था गरे पनि बेँसी झर्न असोज ५ नै कुर्नु पर्ने नियम बनाएका छन् । “असोज ५ गते बेँसी झर्ने नियम हाम्रा पाकापुर्खाले बनाएका हुन्, हामीले त्यसलाई निरन्तर मान्दै आएका छौँ, ५ गतेभन्दा अगाडि झर्नेलाई कारबाही हुन्छ, जरिवाना गरिन्छ, किनकी यहाँका एकै परिवाले धेरै वस्तुभाउ पाल्छन्, पहिला बेसी झार्नेले यहाँ भएको घाँसहरु एक्लै खुवाउँछ, त्यसले गर्दा सबै एकैपटक असोज ५ गते नै बेँसी झर्नु पर्ने नियम छ, कोही ५ गतेभन्दा पछाडि पनि झर्छन्” स्थानीय धनिश्वर बुढाले भने ।

उनले असोज ५ गतेभन्दा पछाडि आउँदा जरिवाना नलाग्ने स्थानीय बताउछन् । बुढा मगरले धेरैजसो गोठालेहरु असोज ५ मा नै बेँसी झर्ने र भेडी गोठालेहरु मात्रै केही समयपछि मात्रै बेँसी झर्ने बताए । उनले महिनौँलाई पुग्ने खर्चपर्च बोकेर लेक जाने र समय–समयमा गाउँ झर्ने, आफन्त भेट्ने र आवश्यक सामानहरु लिएर फर्किने गरेको बताउछन् । “लेकबेँसी गर्ने त हाम्रो परम्परा नै भयो, गाउँलेले धेरै पशु चौपाया पाल्छन्, बाह्रै महिना एकै ठाउँमा राखेर पाल्न सकिन्न, त्यही भएर बर्खामा लेक जान्छौँ, हिउँद्मा बेसी झर्छौँ,” उनले भने “थोरै चौपाया हुन्थे भने बेँसीमै पनि पाल्न सकिन्थ्यो, धेरै हुँदा समस्या हो, बाउ बाजेले पाल्दै आएको हाम्ले छोड्न पनि भएन, लेक बेँसी गर्ने त हाम्रो लागि नौलो कुरा होइन, रहर भनौँ कि बाध्यता भनौँ, यो त गर्न परिहाल्यो ।”

गाउँका करिब दुई सय गोठाला रोल्पा, रुकुम र बागलुङको सिमाना तथा उच्च पहाडी क्षेत्रमा जाने गर्छन् । उनीहरु गोठ रिग, खोलाखर्क, तिलचनलगायतका ठाउँमा हुन्छन् । गाई भैँसी गोठालाहरु केही तल्लो भागमा गोठ बनाएर बस्ने गर्छन् भने भेँडाबाख्रा गोठालाहरु चार हजार दुई सय मिटरको उचाइसम्म पुग्ने गर्छन् । चरन क्षेत्रका रुपमा निकै प्रख्यात मानिने रिग, खोलाखर्क क्षेत्र वस्तुभाउ बेँसी झर्न थालेसँगै सुनसान बन्न थालेको छ ।

असोज ५ गतेदेखि दशैँसम्म मध्यपहाडी लोकमार्गको भल्कोट–पातीहाल्ने खण्डमा सयौँ गाई, गोरु, भेडाबाख्रा र भैसीको हुल देखिन्छन् । अघिअघि पशुचौपाया, पछिपछि गोठालाहरुले निकै ठूलो भारीसहित झरिरहेका हुन्छन् । उनीहरुले गाईवस्तु बाँध्ने किलो, दाम्लो, लत्ता कपडा, ठेकीलगायतका सामानहरु बोकेका भेटिन्छन् । महिनौँ लेकमा बसेर गाउँमा झर्दै गरेका उनीहरुको अनुहारमा निकै चमक छाएको थियो ।

महिनौँ परिवारसँग भेट नभएका उनीहरु ५ गते सबैसँग भेटघाट हुने गर्छन् । घर केही टाढा हुनेहरु भर्कोबाङ नै भेट्न पुग्छन् भने केही लेकमै पशु चौपाया झार्न जान्छन् । असोज ५ गतेभन्दा अगाडि–पछाडि बेँसी झर्दा पुर्खाहरुले बनाएको नियम भत्किने भन्दै सोही दिनै झर्नु पर्ने उनीहरु मान्यता राख्छन् । “असोज ५ त हाम्रा लागि निकै खुसी हुने दिन हो, यतिका समय लेकमा बस्यौँ, आज परिवारसँग भेट हुन्छ, तीतोमीठो के छ रु सँगै बसेर खान पाइन्छ, दुखम्–सुखम्का कुरा हुन्छ, यो त हाम्रो परम्परा हो नि, पुर्खाहरुले नै बनाएको नियम हो, हामीले मिच्नु हुन्न, त्यही भएर हामी तोकेकै समयमा बेसी झ¥यौँ” स्थानीय देवबहादुर घर्तीले भने ।

उनले अबको १२ दिन भर्कोबाङमै आफ्ना पशु चौपाया चराउने र त्यसपछि भल्कोट घरमा झार्ने बताए । उनले यहाँ अझै केही दिन वस्तुभाउका लागि घाँस रहेको हुँदा आफू पनि गोठ बनाएर यही बस्ने बताए । “अबको १२ दिनपछि मात्रै तल घरमा झर्नु पर्ला, अहिले घाँस पनि राम्रो रै’छ, यहाँ, भेँडागोठालाले अझै भेँडा ल्याएका छैनन्, तिनीहरु आए भने तल झर्नु पर्ला, म पनि गोठ बनाएर यहीँ बस्छु”, घर्तीले भने, “यहीँ बसेर यिनीहरुको रेखदेख गर्न प¥यो, अब केही दिनपछि तलै घर छेउका बारीमा लगेर चराउनु पर्ला, बारीमा लगेपछि केही समय त्यही चराउने त्यसपछि बाँधेर डाला काटेर हाल्नुपर्छ, अब अर्को बर्खामा मात्रै हो लेक लाने ।”

घर्तीले अबको तीन महिनासम्म बारीकै घाँसले पुग्ने भन्दै त्यसपछि वन जङ्गलमा जानु पर्ने बताए । उनले हिउँद्को समयमा लेकमा हिउँ पर्ने हुँदा बेँसीमै पशु चौपायालाई घाँस काटेर खुवाउनु पर्ने उनको भनाइ छ । बेँसीमा सयौँको सङ्ख्यामा रहेका चौपायाको व्यवस्थापन गर्न निकै गाहे हुने घर्तीको भनाइ छ । गाउँमा घाँस निकै कम हुने र सबैका पशु गाउँमै हुने हुँदा घाँसको व्यवस्थापनमा निकै समस्या पर्ने उनी बताछन् ।

“बेँसीमा पशुपाल्न निकै गाहे छ, गाउँभरिका गोठालाहरुको वस्तुभाउ गाउँमै हुन्छन्, सबैले घाँस काटेर खुवाउँछन्, यहाँ घाँसको निकै दुःख हुन्छ, सजिलो त लेकमै हुन्छ, एउटाका कम्तिमा पनि २५ वटा गाईभैँसी हुन्छन्, अझ भेँडाबाख्रा पाल्नेको त सयौँ हुन्छन्, तिनीहरुलाई घाँस कसरी पु¥याउने रु” घर्तीले भने “अबको तीन महिनामा त यतै जसोतसो घाँसको व्यवस्था हुन्छ, हिउँ पर्ने बेला भयो भने हिउँमै डालेघाँस काट्न लेकमै पुग्नु पर्छ, चौपायालाई लेकमा लगे चिसोले मर्छन् ।”

यसवर्ष भेँडापालक तमबहादुर विकले असोज ५ गते नै भेँडा बेसी झार्नु भएको छ । उनले अघिल्लो वर्षहरुमा दशैँको दुई दिन अगाडि झर्ने गर्थे । विकले यसवर्ष भेँडा केही भेँडालाई बजारमा लैजाने हिसाबले बेँसी छिटो झारेको बताए । बर्खाको समयमा बेँसीमा भेँडाहरु पाल्नै नसकिने हुँदा लेक लैजानु परेको उनको अनुभव छ । स्थानीयवासीको सयौँ पशुचौपाया हुने भएकाले गाउँमा घाँस पु¥याउन सकिने अवस्था आएपछि आफूहरु लेक बेँसी गर्नु पर्ने अवस्था भएको उनको भनाइ छ ।

“यस वर्ष भेँडा पनि बढे, केहीलाई दशैँको बेला बजारमा लगेर बेच्छु भनेर छिटो झारेको छु, २५ वटा भेँडा यसपालि बेच्ने योजना छ, धेरै पाल्न पनि सकिन्न” उनले भने “बर्खामा त गाउँमा पशुहरु राख्न सक्ने सम्भावना नै हुँदैन, वनमा चरण पर्याप्त हुन्छ, यहाँ त हजारौँ गाईभैँसी र भेडाबाख्रा हुन्छन्, त्यति धेरैलाई कहाँबाट घाँस पु¥याउन सकिन्छ रु, यति धेरैलाई गाउँमा राख्ने अवस्था नै हुँदैन, जिजुबाजेले पनि उहिलेदेखि नै लेकबेंसी गर्ने परम्परा बसाल्नु भएछ, हामी पनि अब त्यही नै ग¥यौँ, अबका पुस्ताले गर्लान् जस्तो लाग्दैन ।”

उनले खर्बामा गाउँका सबै वस्तुभाउहरु लेक जाने हुँदा बेसीमा घाँस पलाउने र फर्किएपछि केही महिना गाउँमै पाल्न सकिने बताए । विकले पशु चौपायालाई लेकबाट बेँसी झारेपछि लेकमा पनि अर्को पटक जाँदा प्रशस्त घाँस पाइने बताउछन् । “पुर्खाहरुले जुन थिति बसाले त्यो हामीहरुले मान्दै आएका छौँ, उनीहरुले त्यतिबेला असोज ५ मा नभएर जहिले आए पनि हुने जहिले गए पनि हुने खालको निमय बनाइदिएको भए, यति धेरै पशु पाल्न गाह«ो हुन्थ्यो, अब त हामी बेसी झ¥यौँ लेकमा पनि घाँस पलाउँछ, बर्खाभरि मल पनि भयो, यहाँ पनि बर्खाभरि पशु थिएनन्, घाँस पलाएको छ ।”

विकले अब वैशाखसम्म जसोतसो बेँसीमै भेँडाहरु पाल्नु पर्ने बाध्यता रहेको बताए । उनले भेँडालाई अबको दुई महिनासम्म गाउँमा प्रसस्त घाँसहरु पाइने भए पनि पुस महिनादेखि लेकमा पुगेर कटुस, खर्सुङलगायतका डालेघाँस काटेर खुवाउने बताए । निसीखोला गाउँपालिका–५ र ६ का अधिकांश स्थानीयवासी पशुपालनतर्फ बढी आकर्षित छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

ताजा

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.