सेयर किनबेच साढे ६५ करोड रुपैयाँमा सीमित, बजार १८ सय भएपनि कारोबार भने ११ सय हुँदा जति
काठमाडौँ । निश्चित गतिमा सेयर बजार हिँड्न छाडेपछि सेयर कारोबारमा ह्रास आएको छ। विहीबार सेयर किनबेच साढे ६५ करोड रुपैयाँमा सीमित छ । किनबेच सुस्त हुँदा कारोबार रकम अघिल्लो बियरिस साइकल जति हुन थालेको छ । बजार १८ सय भएपनि कारोबार भने ११ सय हुँदा जति हुने एक सेयर ब्रोकरले बताए। सेयर बजार यसरी थला पर्दा व्यवसाय सञ्चालनमा कठिनाइ आउन थालेको ब्रोकर सञ्चालक बताउँछन् ।
पछिल्लो समय बजार घटिरहँदा किनबेचमा लगानीकर्ताको सक्रियता कम भएको पाइन्छ। सस्तिएको मूल्यमा सेयर बेच्न नचाहनेहरु बजारमा थपिँदै गएका हुन्। यस्तै, अघिल्लो दिनको वृद्धिमा ब्रेक लगाउँदै सेयर बजार विहीबार सामान्य घटेको छ। बजार ९.८३ अंक घट्दा नेप्से परिसूचक १८३८.९६ को विन्दुमा सीमित हुन पुगेको हो।
बढी किनबेच भोलाटाइल प्रवृतिका सेयरमा मात्र देखिन्छ। फाइनान्स, हाइड्रोपावर र माइक्रोफाइनान्सको सेयर खरिद बिक्री अन्यभन्दा बाक्लो छ। विशेषगरि यस्ता स्टकको सेयर मूल्यले प्रमुख परिसूचकको सामान्य उतारचढावमा पनि प्रतिक्रिय देखाउने गर्छन्।
बिहिबार सर्वाधिक घटेको विन्दबासिनी हाइड्रोपावरको सेयर मूल्य हो। ५.२६ प्रतिशतका दरले हाइड्रोपावरका लगानीकर्ताले गुमाए। हाइड्रोपावर उपसमूहले एक प्रतिशत गुमाउँदा साम्लिङ पावरको सेयर मूल्यमा भने झन्डै सकारात्मक सर्किट लागेको छ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
