दसैं र तिहारमा रेमिट्यान्सको भर
काठमाडौं । दसैं तथा तिहार पर्व नजिकिदै गर्दा रेमिट्यान्सको आयमा वृद्धि भएसँगै आम नेपालीको आर्थिक क्रियाकलाप पनि चलायमान हुने गरेको छ ।
अन्य समयको तुलनामा चाडपर्वमा रेमिट्यान्स आयमा वृद्धि हुने भएकाले नेपालका आधा जनसंख्याको आर्थिक क्रियाकलाप चलायमान हुने गरेको छ ।
विशेषगरी दसैं र तिहारमा रेमिट्यान्सले देशको भन्दा पनि व्यक्तिको आर्थिक हैसियत चलायमान बनाउने गरेको छ।
नेपालको सन्दर्भमा कुरा गर्दा आयातलाई आवश्यक विदेशी मुद्राको हिसाबले होस् वा आयात गरीएका वस्तु तथा सेवा खरिद गरेर होस् अर्थतन्त्रलाई रेमिट्यान्सले धानेको छ ।
खबौंमा भित्रिने रेमिट्यान्सलाई आजसम्म पनि उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने भन्दा पनि व्यक्तिगत रुपमा अनावश्यक क्षेत्रमा खर्च हुने गरेको छ।
अनौपचारिक रुपमा रोजगारका लागि विदेशिएका नेपाली युवाको संख्या ४५ लाख भन्दा धेरै रहेको छ । तर, सरकारबाट श्रम स्विकृती लिएर जानेको संख्या कुल १५ लाख रहेको छ भने वार्षिक करिव साढे ४ देखि ५ लाख नेपाली रोजगारका लागि विदेशिने गरेका छन्। कारोबार दैनिकबाट
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

