बैतडीमा विद्युतीय राहदानी सेवा बन्द
काठमाडौँ । बैतडीमा विद्युतीय राहदानी ९इ–पासपोर्ट० सेवा बन्द भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण मङ्गलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको हो ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि सेवा बन्द भएको जनाएको छ । विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको भनेर राहदानी विभागबाट जानकारी आएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शङ्कर बोहराले बताए ।
यहाँको सर्भरको कनेक्सन केन्द्रको सर्भरसँग नभएकाले सेवा अवरुद्ध भएको हो । बन्द भएको विद्युतीय राहदानी सेवा सुचारु हुन केही दिन लाग्नसक्ने जनाएको छ । विद्युतीय राहदानी सेवा बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । यसअघि गत असारमा पनि यही समस्याले केही दिन विद्युतीय राहदानी सेवा बन्द भएको थियो । जिल्लामा गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन सुरु गरिएको हो ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

