• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ असार २०८३, मङ्गलबार
२३ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा
  • ८ घण्टा 

बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
  • १० घण्टा 

जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर
  • ११ घण्टा 

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी
  • ११ घण्टा 

लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय
  • १२ घण्टा 

मध्यपूर्वमा तनाव चर्किदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि
  • १३ घण्टा 

पेलेको किर्तिमान तोडेका नेयमार थिए, रोनाल्डो र मेस्सी भन्दा महंगा खेलाडी
  • १४ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
  • १४ घण्टा 

वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • २. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ३. २०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

  • ६. २०८३ असार २३ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

  • ८. लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा रक्तदान तथा सामाजिक सेवासहित लायन्स वर्ष २०२६–२७ को शुभारम्भ

  • ९. वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो

  • १०. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

बहुमूल्य वनस्पति : रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

जानकारी केन्द्र २०७९, आश्विन, ७

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का विजयराज पन्त गैरसहकारी संस्थाको जागिर छाडेर व्यावसायिकरुपमा रक्तचन्दन र श्रीखण्डको खेतीमा लागेका छन् ।

लामो समय विभिन्न गैरसहकारी संस्थामा काम गरेका उनले छ वर्षअघि जागिर छाडेर वन विभाग र वनस्पति विभागबाट अनुमति लिएर रक्तचन्दन र श्रीखण्डको खेती सुरु गरेका हुन् । जीवनभरि काम मात्रै कति गर्ने भनेर उनले न्यून लगानीमा बढी प्रतिफल आउने कृषि क्षेत्रको खोजी गरेको जानकारी दिए । “करिब छ महिना जति मैले अध्ययन गरे कुन खेती गर्दा राम्रो फाइदा होला भनेर”, उनले भने, “सबैभन्दा बढी फाइदा रक्तचन्दन, श्रीखण्ड र अगरउडमा देखे त्यसपछि यसको अध्यनमा लागे ।”

उनले छ महिना रक्तचन्दन, श्रीखण्ड र अगरउड फाइदा देखेपछि उनी भारतको बेङ्गोलर गएर तालिमसँगै यस खेतीको अवलोकन गरे। “भारतको बेङ्गलोरमा दुई हप्ताको तालिम लिए त्यहाँ यसबारेमा धेरै कुरा सिके”, उनले भने “त्यहाँ मैले विभिन्न फार्ममा अवलोकन पनि गरे त्यहीबाट बीउ ल्याएर नर्सरी तयार गरेर बिरुवा उत्पादनमा लागे ।”

सुरुआतमा आठ कट्ठा जमिन भाडामा लिएर करिब तीन लाखको लगानीमा खेती सुरु गरे अहिले उनले सेती विस्तार गर्दै थप एक बिघा जमिन भाडामा लिएर बिरुवा उत्पादनमा लागेका छन् । “यो खेती गर्न सजिलो र फाइदा पनि छ खेतका आली र घर आगनमासमेत रोप्न सकिन्छ”, उनले भने, “रक्तचन्दनको बिरुवा १८ वर्षमा तयार हुन्छ ।” उनले आयस्तर वृद्धिसँगै विदेशसँगको व्यापारघाटा कम गर्न पनि यो खेती गर्न जरुरी रहेको बताए ।

छ वर्षअघि रोपेका चार सय रक्तचन्दन र श्रीखण्ड लगाए अहिले हुर्किरहेको उनले बताए । “सुरुमा यहाँको हावापानीमा हुन्छ कि हँुदैन भन्ने डर थियो अहिले राम्रो भएर बिरुवा हुर्किरहेका छन्”, उनले भने, “यहाँको हावापानीमा पनि राम्रो हुने देखेपछि थप एक बिघा भाडामा लिएर खेती विस्तार गरेको छु ।”

उनले रक्तचन्दन र श्रीखण्डसँगै अगरउडका बिरुवा पनि रोपेका छन् । अहिले उनले आफ्नै नर्सरीसमेत स्थापना गरेर मनग्य आम्दानी गरिरहेको बताए । उनले सिजनमा ३० हजार बिरुवा उत्पादन हुने गरेको बताए । “रक्तचन्दन, श्रीखण्ड र अगरउड औषधीय गुण भएका बहुमूल्य वनस्पति हुन्”, उनले भने, “धार्मिकरूपमा समेत यिनको महत्वपूर्ण मान्यता छ अन्तर्राष्ट्रिय बजारमा यो धेरै महँगो छ ।”

हरेक धर्मका व्यक्तिले पूजाआजादेखि आफ्ना मठ मन्दिरमा रक्तचन्दनदेखि श्रीखण्ड चढाउने गर्छन् । “रक्तचन्दन र श्रीखण्डको नेपालमा माग कम छ भारतमा यसको प्रतिकिलोग्राम पाँच हजारभन्दा बढीमा बिक्री हुन्छ”, उनले भने, “अन्तर्राष्ट्रिय बजारमा यसको माग उच्च छ  चीनमा प्रतिकिलोग्राम १८ देखि ३४ हजारसम्म बिक्री भइरहेको छ ।” उनले यसको प्रमुख बजार चीन रहेको बताए ।

उनले रक्तचन्दनको बिरुवा रोपेको १८ वर्षमा तयार हुने बताए । एक बिरुवाको तौल तीनदेखि पाँच क्विन्टलसम्म हुने र यसको प्रयोग विभिन्न किसिमका आयुर्वेदिक औषधि निर्माण, महँगा फर्निचर निर्माण, विभिन्न कसिमका खानाका परिकारमा समेत यसको प्रयोग हुने गरेको उनले बताए ।

“एक बिरुवाबाट जतिसुकै खराब उत्पादन भए पनि १८ वर्षमा दुई लाखभन्दा बढी आम्दानी गर्न सकिन्छ”, उनले भने, “श्रीखण्डको डाँठ र जराबाट बहुमूल्य तेल उत्पादन हुन्छ जसको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर रु चार लाखसम्म बिक्री हुन्छ ।”

उनले तेल निकालेर बाँकी रहेको काठबाट अगरबत्ती, धुप र साबुनलगायत निर्माणमा पनि काम लाग्ने बताए । उनका अनुसार यो परजीवी भएकाले यसले अर्को बिरुवाको जराबाट आफ्ना लागि आवश्यक तत्व लिने गर्छ । “यो परजीवी भएका कारणले श्रीखण्डको छेउमै फलफूल तथा अन्य बिरुवा पनि रोप्नुपर्छ”, उनले भने, “श्रीखण्डको काठ नेपालमा प्रतिकिलो तीन हजार ५०० देखि चार हजार ५००सम्म बिक्री हुन्छ ।” उनले यसमा तीन खेती सँगै गर्न सकिने जानकारी दिए ।

उनले सरकारले नीतिगतरूपमै यसको व्यावसायिक खेतीका लागि प्रोत्साहित गर्नुपर्ने बताए । साबुन, धुप, तेल तथा धार्मिक कार्यका लागि श्रीखण्ड र रक्त चन्दनको माग बढ्दै गएकाले औषधिजन्य बिरुवाका रूपमा यसको खेती गरे अर्थतन्त्रमा समेत टेवा पुग्ने जनाइएको छ ।

चीनमा यसको व्यापार बढ्दै गएकाले श्रीखण्ड र रक्तचन्दनको खेती व्यावसायिकरूपमा खेती गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा
जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर
दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी

ताजा

शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा

बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.