• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

बहुमूल्य वनस्पति : रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का विजयराज पन्त गैरसहकारी संस्थाको जागिर छाडेर व्यावसायिकरुपमा रक्तचन्दन र श्रीखण्डको खेतीमा लागेका छन् ।

लामो समय विभिन्न गैरसहकारी संस्थामा काम गरेका उनले छ वर्षअघि जागिर छाडेर वन विभाग र वनस्पति विभागबाट अनुमति लिएर रक्तचन्दन र श्रीखण्डको खेती सुरु गरेका हुन् । जीवनभरि काम मात्रै कति गर्ने भनेर उनले न्यून लगानीमा बढी प्रतिफल आउने कृषि क्षेत्रको खोजी गरेको जानकारी दिए । “करिब छ महिना जति मैले अध्ययन गरे कुन खेती गर्दा राम्रो फाइदा होला भनेर”, उनले भने, “सबैभन्दा बढी फाइदा रक्तचन्दन, श्रीखण्ड र अगरउडमा देखे त्यसपछि यसको अध्यनमा लागे ।”

उनले छ महिना रक्तचन्दन, श्रीखण्ड र अगरउड फाइदा देखेपछि उनी भारतको बेङ्गोलर गएर तालिमसँगै यस खेतीको अवलोकन गरे। “भारतको बेङ्गलोरमा दुई हप्ताको तालिम लिए त्यहाँ यसबारेमा धेरै कुरा सिके”, उनले भने “त्यहाँ मैले विभिन्न फार्ममा अवलोकन पनि गरे त्यहीबाट बीउ ल्याएर नर्सरी तयार गरेर बिरुवा उत्पादनमा लागे ।”

सुरुआतमा आठ कट्ठा जमिन भाडामा लिएर करिब तीन लाखको लगानीमा खेती सुरु गरे अहिले उनले सेती विस्तार गर्दै थप एक बिघा जमिन भाडामा लिएर बिरुवा उत्पादनमा लागेका छन् । “यो खेती गर्न सजिलो र फाइदा पनि छ खेतका आली र घर आगनमासमेत रोप्न सकिन्छ”, उनले भने, “रक्तचन्दनको बिरुवा १८ वर्षमा तयार हुन्छ ।” उनले आयस्तर वृद्धिसँगै विदेशसँगको व्यापारघाटा कम गर्न पनि यो खेती गर्न जरुरी रहेको बताए ।

छ वर्षअघि रोपेका चार सय रक्तचन्दन र श्रीखण्ड लगाए अहिले हुर्किरहेको उनले बताए । “सुरुमा यहाँको हावापानीमा हुन्छ कि हँुदैन भन्ने डर थियो अहिले राम्रो भएर बिरुवा हुर्किरहेका छन्”, उनले भने, “यहाँको हावापानीमा पनि राम्रो हुने देखेपछि थप एक बिघा भाडामा लिएर खेती विस्तार गरेको छु ।”

उनले रक्तचन्दन र श्रीखण्डसँगै अगरउडका बिरुवा पनि रोपेका छन् । अहिले उनले आफ्नै नर्सरीसमेत स्थापना गरेर मनग्य आम्दानी गरिरहेको बताए । उनले सिजनमा ३० हजार बिरुवा उत्पादन हुने गरेको बताए । “रक्तचन्दन, श्रीखण्ड र अगरउड औषधीय गुण भएका बहुमूल्य वनस्पति हुन्”, उनले भने, “धार्मिकरूपमा समेत यिनको महत्वपूर्ण मान्यता छ अन्तर्राष्ट्रिय बजारमा यो धेरै महँगो छ ।”

हरेक धर्मका व्यक्तिले पूजाआजादेखि आफ्ना मठ मन्दिरमा रक्तचन्दनदेखि श्रीखण्ड चढाउने गर्छन् । “रक्तचन्दन र श्रीखण्डको नेपालमा माग कम छ भारतमा यसको प्रतिकिलोग्राम पाँच हजारभन्दा बढीमा बिक्री हुन्छ”, उनले भने, “अन्तर्राष्ट्रिय बजारमा यसको माग उच्च छ  चीनमा प्रतिकिलोग्राम १८ देखि ३४ हजारसम्म बिक्री भइरहेको छ ।” उनले यसको प्रमुख बजार चीन रहेको बताए ।

उनले रक्तचन्दनको बिरुवा रोपेको १८ वर्षमा तयार हुने बताए । एक बिरुवाको तौल तीनदेखि पाँच क्विन्टलसम्म हुने र यसको प्रयोग विभिन्न किसिमका आयुर्वेदिक औषधि निर्माण, महँगा फर्निचर निर्माण, विभिन्न कसिमका खानाका परिकारमा समेत यसको प्रयोग हुने गरेको उनले बताए ।

“एक बिरुवाबाट जतिसुकै खराब उत्पादन भए पनि १८ वर्षमा दुई लाखभन्दा बढी आम्दानी गर्न सकिन्छ”, उनले भने, “श्रीखण्डको डाँठ र जराबाट बहुमूल्य तेल उत्पादन हुन्छ जसको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर रु चार लाखसम्म बिक्री हुन्छ ।”

उनले तेल निकालेर बाँकी रहेको काठबाट अगरबत्ती, धुप र साबुनलगायत निर्माणमा पनि काम लाग्ने बताए । उनका अनुसार यो परजीवी भएकाले यसले अर्को बिरुवाको जराबाट आफ्ना लागि आवश्यक तत्व लिने गर्छ । “यो परजीवी भएका कारणले श्रीखण्डको छेउमै फलफूल तथा अन्य बिरुवा पनि रोप्नुपर्छ”, उनले भने, “श्रीखण्डको काठ नेपालमा प्रतिकिलो तीन हजार ५०० देखि चार हजार ५००सम्म बिक्री हुन्छ ।” उनले यसमा तीन खेती सँगै गर्न सकिने जानकारी दिए ।

उनले सरकारले नीतिगतरूपमै यसको व्यावसायिक खेतीका लागि प्रोत्साहित गर्नुपर्ने बताए । साबुन, धुप, तेल तथा धार्मिक कार्यका लागि श्रीखण्ड र रक्त चन्दनको माग बढ्दै गएकाले औषधिजन्य बिरुवाका रूपमा यसको खेती गरे अर्थतन्त्रमा समेत टेवा पुग्ने जनाइएको छ ।

चीनमा यसको व्यापार बढ्दै गएकाले श्रीखण्ड र रक्तचन्दनको खेती व्यावसायिकरूपमा खेती गरिएको उनले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रवि लामिछाने आजै कारागार फर्किने
    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.