अनशनरत कँडेलको स्वास्थ्य अवस्था बिग्रँदै
काठमाडौँ । हिन्दूराज्यको माग गर्दै नारायणगढस्थित नारायणी नदी किनारमा आमरण अनशन बसेका प्रेमनिधि कँडेल भारतद्वाजको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । अनशनको आज सातौँ दिन उनको स्वास्थ्य विभिन्न समस्या बढ्दै गएका छन् ।
अनशनरत भारद्वाजको नियमित स्वास्थ्य परीक्षण गरेका डा प्रशान्त कँडेलका अनुसार उनको शरीरमा ग्लुकोज र ‘सोडियम’को मात्रा घटेको छ भने ‘युरिकएसिड’ र ‘विलुरुविन’को मात्रा बढ्दै गएको छ । पिसाबमा युरिन एसिडोन बढेको उनले जानकारी दिए । उनले भने, “उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । स्लाइन दिनुपर्छभन्दा मान्नु भएको छैन ।” तत्काल उपचारको प्रक्रिया अगाडि बढाउनुपर्ने डा कँडेलले बताए ।
श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को आह्वानमा अध्यक्ष कँडेल आमरण अनशन बसेको हो । उनले सनातन हिन्दूराष्ट्र घोषणाका लागि दबाव दिन आमरण अनशन सुरु गरेको हो । उनी यसअघि पनि दुई पटक आमरण अनशन बसिसकेका छन् ।
विसं २०७२ भदौ १४ गते १७ दिन आमरण अनशन बसेपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले माग सम्बोधन हुने भन्दै अनशन तोडाएका थिए । संविधान घोषणा भएका दिन आन्दोलनमा उत्रिएपछि उनी पक्राउ परेका थिए ।
उनकै अगुवाइमा २०७६ देखि नारायणी नदी किनारमा महाआरती हुँदै आइरहेको छ । रिले अनशनमा सनातन संस्कृति संरक्षणका अभियन्ता, सर्वसाधारणसमेत सहभागी भएका छन् । उनीसँगै दैनिक पाँच जना रिले अनशन बस्दै आएका छन् ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
