• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ बैशाख २०८३, सोमबार
१४ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • ९ घण्टा 

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • १० घण्टा 

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
  • ११ घण्टा 

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
  • १२ घण्टा 

राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो
  • १३ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा
  • १८ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १८ घण्टा 

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा बढ्दो गर्मीसंगै एसी उपभोक्ताको शीतलताको सारथी : सिजी मेरिडिया

  • २. चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

  • ३. कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध

  • ४. नेपाल टेलिकमको समर अफर : के-के छन् सुबिधा ?

  • ५. राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

  • ६. ईभीमा भाडा बढेको छैन, बढी असुल गरे कारबाही हुन् सक्ने

  • ७. २०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक

  • १०. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

जङ्गली हात्तीको बथान भगाउन रातभर जाग्राम

जानकारी केन्द्र २०७९, आश्विन, ७

काठमाडौँ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवती क्षेत्रका बासिन्दा हात्तीको बथान भगाउन रातभर जाग्राम बस्न थालेका छन् ।

स्थानीय किसानको खेतबारीको पाक्दै गरेको धानबाली खाने र कुल्चेर हात्तीको बथानले नोक्सान गर्न थालेपछि हात्ती भगाउन रातभरि जाग्राम बस्नु परेको हो । चुरे क्षेत्र नजिकका बस्तीमा पसेर किसानको धानबालीमा क्षति पु¥याउँदै आएको हात्तीको बथान वर्षा कम हुदै जादा जिल्लाको तल्लो समथर भूभागमा झरेको छ ।

गए रातिमात्रै हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–५ का दुई गाउँका किसानको झण्डै तीन बिघा जग्गामा लगाएको धानबाली खाएर नोक्सानी पु¥याएको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार गए राति मात्रै हात्तीको बथानले गर्जमुनि र खजुवाका गरी २२ जना किसानको धानबालीमा क्षति पु¥याएको छ । एक जना किसानको पाँच कट्ठादेखि दश कट्ठासम्मको धान बालीमा क्षति गरेको छ ।

साँझ पर्नै लाग्दा धान रोपेको खेतमा आएको हात्तीको बथानले पेटभर खाएर मात्रै राति अबेर निकुञ्जमा फर्किएको स्थानीय बासिन्दा जयराज पाण्डेयले बताए । “धानबाली जोगाउनकै लागि रातभरि जाग्राम बस्यौँ” उनले भने, “पटाका पड्काएर र आगो बालेर मात्रै हात्ती फर्किए, निकै नोक्सानी भएको छ ।” थोरै जग्गा भएका किसानको पूरै धानबाली हात्तीले नोक्सान गरेपछि बर्षभरी खान धान बजारबाट खरिद गर्नुपर्ने अवस्था आएको उनले बताए ।

गत महिनामात्रै शुक्लाफाँटा नगरपालिका–७ का एकजना बालिकाको हात्तीले ज्यान लिएको थियो । तीन वर्षदेखि हात्तीको बथानले नगरपालिका क्षेत्रमा लगातार किसानको बालीनाली र मानवीय क्षति गर्दै पु¥याउदैआएको छ । भदौ महिनादेखि हात्तीको बथानले नगरपालिको चुरे क्षेत्रका किसानको मात्रै ३० बिघा बढी जग्गाको धानबालीमा क्षति पु¥याएको छ ।

हात्तीको बथान दैनिक बस्तीमा पस्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । हात्तीकै डरले रातिको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा हिँडडुल गर्नसमेत बन्द गरेका छन् । वडा नं ५ का वडाध्यक्ष चक्रबहादुर खडकाले हात्ती नियन्त्रणका लागि भरपर्दो कार्यका लागि निकुञ्ज कार्यालय, नगरपालिका, प्रदेश र केन्द्रमा माग गरिएको बताउँछन् ।

“प्रत्येक वर्ष हात्तीले बालीनालीमा नोक्सान गर्नुका साथै स्थानीय किसानको घर भत्काउने गरेको छ, हात्ती नियन्त्रणका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छु, हालसम्म अश्वासन पाइएपनि हात्ती नियन्त्रणका लागि कार्य अगाडि बढेका छैनन्”, उनले भने । बस्तीमा छुट्टाछुट्टै बथान बनाएर आउने जङ्गली हात्तीले प्रत्येक वर्ष बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, दोधारा चाँदनी नगरपालिका र कृष्णपुर नगरपालिका क्षेत्रमा किसानले लगाएको बालीनालीमा बढी क्षति पु¥याउदै आएको छ ।

बर्सातका बेला चुरे क्षेत्रमा रहने हात्तीको बथान वर्षा सकिएसँगै चुरेभन्दा तल्लो तराई क्षेत्रमा झरेर वितण्डा मच्चाउने गर्दछ । धानबाली काटिएपछि हात्तीको बथान भारतीय दुधुवा नेशनल पार्कतर्फ लाग्ने गरेको छ । पुनः गहुँबालीमा बाला लाग्नैलाग्दा पुनः यहाँ फर्केर नोक्सान गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

ताजा

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.