• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ बैशाख २०८३, सोमबार
१४ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • ११ घण्टा 

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • १२ घण्टा 

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
  • १३ घण्टा 

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
  • १४ घण्टा 

राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो
  • १४ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा
  • २० घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • २० घण्टा 

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा बढ्दो गर्मीसंगै एसी उपभोक्ताको शीतलताको सारथी : सिजी मेरिडिया

  • २. चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

  • ३. कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध

  • ४. नेपाल टेलिकमको समर अफर : के-के छन् सुबिधा ?

  • ५. राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

  • ६. ईभीमा भाडा बढेको छैन, बढी असुल गरे कारबाही हुन् सक्ने

  • ७. २०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक

  • १०. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित

जानकारी केन्द्र २०७९, आश्विन, ८

टीकापुर । कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन् । डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन् । घर फर्केका नागरिक भत्केका घर मर्मत, घरभित्र जम्मा भएको हिलो सरसफाइ र बचेका अन्नपात र लत्ताकपडा सुकाउन थालेका छन् ।

भजनीमा सात हजार ९६ परिवार बाढीका कारण विस्थापित भएका थिए । चार हजार परिवार एक सातापछि घर फर्किएका छन् भने अझै तीन हजार बढी परिवार फर्कने वातावरण बनेको छैन । बाढीपछि पानी सुक्दै जाँदा नागरिक घर फर्कन थालेका हुन् । घर फर्कदा अधिकांश पीडितको रुवाबासी चल्ने गरेको छ । भजनीका ध्वजबहादुर विश्वकर्माको परिवार एक साता हुलाकी सडकमा आश्रय लिएपछि शुक्रबार घर फर्किएको छ । शुक्रबार घर फर्केर घर सफाइमा जुटेका विश्वकर्माका परिवारलाई अब कसरी जीवन चलाउने भन्ने पिरले सताएको छ । उहाँको अन्नपात, लुत्ताकपडा सबै नष्ट भएका छन् । विश्वकर्माको परिवार राहत पाए खाउँला भन्ने आशामा छ । “बाढीले सामान सडेर गन्हाउन थालेको छ । हामी सरसफाइमा जुटेका छौँ”, उनले भने, “सडकमा कति दिन बस्नु, चिउरा र चाउचाउले मात्र ज्यान कसरी धान्नु, स्थानीय सरकारले राहत दिन थालेको छ । त्यही खानुपर्ला ।” भजनीकै धनबहादुर चौधरीको परिवार पनि घर फकिएको छ । उहाँको परिवार घर फर्कदा घरका भित्ता भत्किएका, अन्न राख्ने ९माटोका डेहरी० भाडा समेत फुटेका छन् । “अलिअलि बोकेर लगेको अन्न थियो, त्यही अन्न पकाएर खान थालेका छौँ”, धनबहादुरले जोड दिए, “सरकारले घरको उच्च जग बनाइदिएको भए हुन्थ्यो, नगद दिएको भए हामी आफैँ आवश्यक सामान किन्ने थियौँ ।”

वडा नं ८ का वडासदस्य लल्तु डगौरा थारुको परिवारको पनि बाढीले विचल्ली बनाएको छ । उनी पनि एक साता हुलाकी सडकमा बसेर घर फर्किए ।सरकारले बर्सेनि पीडा सहने यहाँका नागरिकका समस्या समाधान गर्नुपर्ने र तत्काल पीडितलाई अन्न र त्रिपालको व्यवस्था गरिदिनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । “घर सफाइ गर्नसमेत समस्या छ । अधिकांशका घरमा काम गर्नसक्ने मानिस छैनन्”, वडासदस्य डगौरा थारुले भने, “भत्केका घर मर्मत गर्नुछ, लितपोत गर्नुछ । जसका लागि लाग्ने खर्चको समेत अभाब छ । सरकारले यहाँका नागरिकलाई उच्च स्थानमा घरबास दिनुपर्छ ।”

नेपालीहरु चाडपर्व मनाउने तयारीमा छन् । चाडपर्वको तयारी गरिरहेका बेला आएको बाढीले भजनीका नागरिकलाई ठूलो पीडा दिएको छ । भजनीकै सन्दीप रावलले चाडपर्वका समयमा यहाँका नागरिकलाई राहत उपलब्ध गराउनुपर्ने, शिर लुकाउन त्रिपाल दिनुपर्नेमा जोड दिए । “राहत क्षणिक समयका लागि हो, हामीलाई उच्च स्थानमा बास, नभए उच्च भवन बनाइदिएको भए हुन्थ्यो”, उनले भने, “बर्सेनि नदी बस्तीमा पस्ने समस्या छ । नदीमा ड्याम तथा तटबन्ध बनाइदिएको भए हुन्थ्यो ।”

भजनी नगरपालिकाले बाढीपछिको क्षतिको विवरण लिन थालेको छ । नगरपालिकाले पीडितहरुको स्थानमै गएर लागत सङ्कलन गर्न थालेको हो । “मानिसको घरमा हेर्दा केही बचेको छैन । वडा नं ८ मा अनुगमन गर्दा यहाँ नागरिकको विचल्ली छ । नागरिकको केही सम्पत्ति बचेको छैन”, नगर प्रमुख केवल चौधरीले भने, “मानिसका घर बगे, घरमा भएका सबै सामान बगेर नष्ट भए । धान खेती पनि नष्ट भएको छ । हेर्दा बेहाल छ, नागरिकको अवस्था हेर्दा साह्रै मन दुख्छ ।”

“अझै तीन हजार बढी परिवार घर फर्कने वातावरण बनेको छैन। हामीले राहत वितरणका कार्य गरिरहेका छौँ, हजारौँ पीडित परिवारलाई पालिका मात्रले सहयोग गर्नसक्ने अवस्था छैन”, उनले बताए, “आपत्मा छौँ, सहयोगीलाई अपिल गरेका छौँ, सङ्घसंस्थाले सघाउन थालेका छन् ।”

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

ताजा

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.