• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ बैशाख २०८३, सोमबार
१४ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • ११ घण्टा 

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • १२ घण्टा 

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
  • १३ घण्टा 

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
  • १४ घण्टा 

राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो
  • १४ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा
  • २० घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • २० घण्टा 

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा बढ्दो गर्मीसंगै एसी उपभोक्ताको शीतलताको सारथी : सिजी मेरिडिया

  • २. चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

  • ३. कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध

  • ४. नेपाल टेलिकमको समर अफर : के-के छन् सुबिधा ?

  • ५. राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

  • ६. ईभीमा भाडा बढेको छैन, बढी असुल गरे कारबाही हुन् सक्ने

  • ७. २०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक

  • १०. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

द्वन्द्वपीडित भन्छन् –  ‘हामीले न्याय कहिले पाउने ?

जानकारी केन्द्र २०७९, आश्विन, ८

काठमाडौं । द्वन्द्वपीडितले आफ्नो अवस्था निकै कमजोर बन्दै गएको बताएका छन् । उनीहरुले वर्षौंदेखि आफन्तको न्यायका लागि लड्दालड्दै भएको जायजेथा समेत सकिएको गुनासो गरेको छन् ।

बागलुङमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताले सशस्त्रद्वन्द्वका समयमा बेपत्ता भएका, मरेका तथा मारिएकाको आफन्तले अहिलेसम्म सरकारले कुनै पनि जानकारी दिन नसकेको गुनासो पोखेका छन् ।

“हामीहरु धेरै लामो समयदेखि न्यायको प्रतिक्षामा छौँ, द्वन्द्वमा आफन्ता गुमाउनुपरेको पीडा त मुटुमा छँदैछ, समाजमा र राज्यले उनीहरू प्रति गरेको असामान्य व्यवहारले थप चोट पुगेको छ, त्यस बेलामा हाम्रा आफन्त कर्तव्य बोध गरी मुलुक र नागरिक जोगाउनका लागि आफ्नो ज्यान दिए तर अहिले उनीहरुको सम्मान राज्यले गर्न सकेन, बेपत्ता परिएका र उनीहरुका परिवारको बेवास्ता गर्दा दुःख लाग्छ”, उहाँहरुको भनाइ थियो ।

द्वन्द्वपीडित सचिनान्द विकले लामो समयदेखि न्यायका लागि लडे पनि आफूहरुले न्याय पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले न्याय कहिले पाउने रु, लड्दालड्दै थकित भयौँ, अहिलेसम्म न्याय पाउन सकेनौँ, हाम्रा आफन्त कहाँछन्, कस्तो अवस्थामा छन् रु, त्यसको सोधखोज यतिका समय बितिसक्दा पनि हुन सकेन ।”

उहाँले द्वन्द्वपीडितको अवस्था दिनप्रतिदिन नाजुक र दयनीय बन्दै गएको भन्दै जीवनस्तर उकास्न कसैको ध्यान नपुगेको गुनासो गर्नुभयो । उहाँले लामो समयदेखि न्यायका लागि सङ्घर्ष गरिरहेका नागरिकलाई सरकारले मलमपट्टी गर्न नसकेको भन्दै पीडित झन्झन् पीडामा परिरहेको बताउनुभयो ।

“हामी लामो समयदेखि निरन्तर न्यायका लागि सङ्घर्ष गरिरहेका छौँ, हाम्रो अवस्था दिनदिनै नाजुक बन्दै गएको छ, हाम्रो जीवनस्तर उकास्नसमेत कसैको ध्यान पुगेन, हामी न्यायका लागि हिँड्छौँ तर कहीँकतैबाट हाम्रो सुनुवाइ भएन”, विकले भन्नुभयो, “पीडतलाई सामान्य सान्त्वनासमेत कसैले दन सकेन, यसले गर्दा अहिले धेरै द्वन्द्वपीडित झन् पीडा मान्छन् ।”

उहाँले सरकारले पीडितको जीविकोपार्जनका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ,“अलिअलि भएको जायजेथा पनि न्याय खोज्दाखोज्दै सकिन थाल्यो, वर्षौं भयो हामीले हाम्रो आफन्त गुमाएको, कतैबाट हाम्रो अवस्था बुझ्न कोही आएन, पीडितको जीविकोपार्जनका लागि सरकारले केही त गर्न सक्थ्यो होला नी तर अहिलेसम्म केही गरेन, पीडित परिवारलाई अहिले पनि धेरै समस्याले झेलेको छ, सम्बन्धित निकाय यस प्रति गम्भीर भएन, हामी अन्यायमा प¥यौँ भनेर सुनाउने ठाउँसमेत छैन ।”

उहाँले लामो समयदेखि न्याय पाउने आशामा रहेको भन्दै सरकारले यो काम गर्न नसके गाँठो फुकाई दिनुपर्ने मागसमेत गर्नुभयो । “हामीहरु लामो समयदेखि न्यायको आश गरेर बस्यौँ, तर अहिलेसम्मआशआशमात्रै रह्यो न्याय पाउन सकेनौँ, सरकारले सक्दैनौँ भने सक्दैनौँ भने हुन्थ्यो, हामीलाई आश त हुन्थेन, यसर झुलाई राख्नुभन्दा बरु यो गाँठो फुकाइ दिएहुन्थ्यो, हामी जे गरे गथ्यौँ ।”

द्वन्द्वपीडित जशोधादेवी शर्माले न्याय नपाएसम्म आफूहरुको सङ्घर्ष जारी रहने बताउनुभयो । उहाँले विगतमा धेरैथरीका आश्वासन आए पनि यतिका वर्ष बितिसक्दा पनि न्याय पाउने विषयको अत्तोपत्तो नभएको गुनासो गर्नुभयो ।

“विगतमा हामीलाई धेरैतिरबाट न्याय दिने आशा देखाइए अहिले यसप्रति कोही जिम्मेवार भएनन, हामी हाम्रो परिवारका सदस्य भेटिने र न्याय पाउने आशमा छौँ, जिम्मेवार निकायले भने हाम्रो मुद्दामाथि, हाम्रो पीडामा ध्यान दिएन”, उहाँले भन्नुभयो, “हामी न्याय नपाएसम्म विचलितन भई लडिरहन्छौँ ।”

उहाँले परिवार गुमाउँदाका पीडा आफूहरुलाई मात्रा थाहा हुने भन्दै सम्बन्धित निकायले बेपत्ता भएका र द्वन्द्वमा ज्यान गुमाएकाको अपमान गरेको बताउनुभयो । शहीद तथा बेपत्ता परिवारका सदस्य लामो समयदेखि न्यायका लागिक चारैतिर भौतारिँदा पनि उनीहरुको पीर, ब्यथालाई बुझ्न नसकेको गुनासो गर्नुभयो ।

“आफन्त गुमाउनुको पीडा हामीलाई थाहा छ, कस्तो हुन्छ भन्ने, हामी हाम्रा आफन्तको न्यायका लागि वर्षौंदेखि लडिरहेका छौँ, धेरैले धेरैथरी आश्वासन देखाए तर अहिले हाम्रो कार्यक्रममा समेत सहभागी हुँदैनन, राज्य निकै निरीह भयो”, शर्माले भन्नुभयो, “हामीहरुले हाम्रा कुरा सुनाउन ठूला दलका नेतालाई पनि खबर ग¥यौँ तर उहाँहरुले हाम्रा समस्या सुन्न चाहनुभएन, अब हामीले कसलाई सुनाउने, कहाँ जाने न्याय खोज्न रु, कसले दिन्छ हामीलाई न्याय रु, सरकारले सक्दैन भने सक्दैन भनोस्, यसरी हामीलाई अन्योलमा नपारोस्, हामी जे गरे गरौँ, झुलाउने काम नगरोस् ।”

सशस्त्र द्वन्द्वका समयमा बागलुङका एक सय ४९ जनाले ज्यान गुमाउनुपरेको थियो भने अहिलेसम्म २४ जना बेपत्ताको सूचीमा छन् । दुई जना भने फेला परेका छन् । रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

ताजा

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.