प्रचण्ड र बाबुरामलाई कस्ले मिलायो
काठमाडौं । राजनीति सम्भावनाको खेल हो । प्रतिज्ञा र प्रतिवद्धताहरु पनि राजनीतिमा नटिक्न सक्छन् । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले आफू कम्युनिष्ट नरहेको घोषणा गरेर माओवादी पत्यिाग गरेका थिए । उनले नयाँ शक्ति पार्टी पनि खोले पछि संघीय समाजवादी पार्टीसँग एकता गरे । त्यो एकता लामो समय टिकने । बाबुरामले नेपाल समाजवादी पार्टी गठन गरे ।
पछिल्लो समय बाबुराम समाजवादी केन्द्र गठनमा सक्रिय भए । त्यो सफल त भएन तर उनी त्यसै दिशातर्फ केन्द्रित छन् । नेसपाबाट चुनाव लड्दा धक्का खाने बुझेर उनले प्रचण्डसँग फेरि हात मिलाए । एउटै चिन्हमा चुनाव लड्ने घोषणा समेत भयो ।
वास्तवमा दशकौं साथ काम गरेर छुट्टिएका प्रचण्ड र बाबुराम कसरी मिल्न पुगे भन्ने चासो बनेको छ । उनीहरुलाई मिलाउन ठूलै शक्ति लागेको चर्चा छ । त्यसो त बाबुरामलाई औधी साथ दिनेमा प्राध्यापक एस डी मुनी हुन् । मुनी २०७४ को चुनावमा बाबुरामकै लागि दौडिएर काठमाडौं आएर प्रचण्डलाई भेटेर गएका थिए । दुवैजना छुट्टिएकोमा असन्तुष्ट थिए । उनले बाबुरामलाई प्रचण्डसँग मिलेर जान दबाब दिदै आएको बुझिएको छ । यसपटक बाबुरामले मुनीको सुझावलाई मानेनन् मात्र पहलबाट उपलब्धि पनि हासिल गरेका छन् ।
बाबुरामले परिवारभित्रैबाट तीनजनालाई सांसद बनाउने प्रयास गरिरहेको चर्चा छ । माओवादीसँग एउटै चुनाव चिन्हबाट उनी र छोरी मानुषी यमी भट्टराई चुनाव लड्ने र हिसिला यमीलाई समानुपातिकतर्फ सूचीमा राख्ने गरी बढेका छन् ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

