• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ बैशाख २०८३, सोमबार
१४ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • १२ घण्टा 

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • १३ घण्टा 

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
  • १४ घण्टा 

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
  • १५ घण्टा 

राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो
  • १६ घण्टा 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा
  • २१ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • २१ घण्टा 

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा बढ्दो गर्मीसंगै एसी उपभोक्ताको शीतलताको सारथी : सिजी मेरिडिया

  • २. चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

  • ३. कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध

  • ४. नेपाल टेलिकमको समर अफर : के-के छन् सुबिधा ?

  • ५. राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

  • ६. ईभीमा भाडा बढेको छैन, बढी असुल गरे कारबाही हुन् सक्ने

  • ७. २०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक

  • १०. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

पुटिनले आणविक अस्त्र प्रयोग गरे के होला

जानकारी केन्द्र २०७९, आश्विन, ९

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासहित पश्चिमा देशहरुसँग ठूलै युद्ध लड्ने गरी बढेका छन् । उनले ३ लाख रिजर्भ सैनिकलाई युद्धका लागि बोलाउने घोषणा गरिसकेका छन् । युद्धमा खटिने सैनिकका लागि कडा कानून पनि जारी गरेका छन् ।

युद्धमा खटिने सैनिकले आत्मसमर्पण गरेर रुस फर्किएमा १० वर्षभन्दा बढी जेल सजाय हुने प्रावधान बनाएका छन् । यो आफैमा अर्थपूर्ण कदम हो ।

पुटिनले बुधबार टेलिभिजन सम्बोधनमार्फत् आणविक अस्त्रको सम्भावित प्रयोग धम्कीमात्र नभएको बनाइसकेका छन् । यसबाट उनी हतियार प्रयोगमा पछि हट्ने छैनन् भन्ने सन्देश दिएका छन् । अब पुटिनले रणनीतिक रुपमा एक या दुई आणविक हतियार प्रहार गर्ने विश्लेषण गर्न थालिएको छ ।

रुससँग ५ हजार ९७७ आणविक हतियार रहेको अनुमान छ । जुन अन्तरमहादेशीय रकेटमा राखेर प्रहार गर्न सकिने खालको छ । तत्कालीन सोभियत संघले सन् १९४९ देखि १९९० बीच ७१५ आणविक अस्त्र परीक्षण गरेको तथ्यांक छ ।

रुसले आणविक हतियार प्रयोग गरेमा अमेरिकालगायत पश्चिमा देशहरुले पनि त्यस्तै जवाफ दिन सक्छन् । यसले सँसारमा आणविक युद्ध हुनसक्छ । जसमा चीनलगायत विभिन्न देशहरुले पनि प्रत्यक्ष या अप्रत्यक्ष संलग्न हुने सम्भावना रहन्छ ।

कोसँग कति आणविक हतियार

अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धमा कुनै प्रकारको आणविक हतियार प्रयोग नगर्न चेतावनी दिएका छन् । उनले सीबीएस समाचारसँगको अन्तवार्तामा युद्धको शैली नै परिवर्तन भई दोस्रो विश्वयुद्धपछिको खतरनाक अवस्थाको चेतावनी दिए ।

योसँगै विश्वमा आणविक युद्धको खतरा बढेको संकेतहरु मिल्न थालेको छ । पुटिनले आणविक फौजलाई विशेष सतर्क अवस्थामा राखेका छन् । कुनैपनि बेला आणविक हतियार प्रयोगको अवस्था राखिएको छ ।

झण्डै ८० वर्षयता विश्वमा आणविक हतियार बढिरहेको छ । शक्तिशाली राष्ट्रहरुबीच आणविक हतियारको प्रतिष्पर्धा छ । कतिपय महत्वाकांक्षी देशहरुले पनि आणविक हतियार प्राप्त गर्ने रणनीतिका साथ काम गरिरहेका छन् । फेडरेशन अफ अमेरिकी साइन्टिस्टको अनुमान अनुसार विश्वमा सबैभन्दा बढी आणविक हतियार रुससँग छ । रुससँग ५९७७ आणविक हतियार रहेको अनुमान छ । रुससँग नै सँसारकै सर्वाधिक शक्तिशाली आणविक हतियार रहेको बताइन्छ ।

अमेरिकासँग ५४२८, फ्रान्ससँग २९०, बेलायतसँग २२५ आणविक हतियार रहेको अनुमान छ । चीनसँग ३५०, पाकिस्तानसँग १६५, भारतसँग १६०, इजरायलसँग ९०, उत्तर कोरियासँग २० आणविक हतियार रहेको फेडरेशन अफ अमेरिकी साइन्टिष्टको अनुमानित तथ्यांक छ ।

रुससँग ६ हजारभन्दा बढी आणविक हतियार रहेको स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको तथ्यांक छ । यो विश्वमा रहेको कुल आणविक अस्त्रको आधा हो । रुसपछि अमेरिकासँग साँढे ५ हजार, चीनसँग ३५०, फ्रान्ससँग २९०, बेलायतसँग २२५, पाकिस्तानसँग १६५, भारतसँग १५६, इजरायलसँग ९० र उत्तर कोरियासँग ५० आणविक हतियार रहेको तथ्यांक छ ।

विश्वकै शक्तिशाली आणविक हतियार रुससँग रहेको उल्लेख छ । रुसले सन् १९६० को दशकमा परीक्षण गरेको जार बमभन्दा दोब्बर शक्तिशाली आणविक हतियार विकास गरेको सूचनाहरु खुलेका थिए । सन् २०१५ मा रुसले १०० मेगाटनको आणविक बम विकास गरेको उल्लेख छ । जार बमको परीक्षण हुँदा १००० किलोमिटरसम्म असर गरेको थियो । झण्डै सय किलोमिटर क्षेत्र ध्वस्त भएका थिए । जार बमभन्दा दोब्बर शक्तिशाली बलमे २००० किलोमिटरभन्दा बढी क्षेत्र ध्वस्त पार्ने अनुमान गरिएको छ । पुटिनको हातमा यति खतरनाक हतियारको बटन छन् ।

इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजका अनुसार अहिले विश्वमा आणविक हतियार बोक्ने पनडुब्बी कुल १२९ वटा छ । सबैभन्दा बढी अमेरिकासँग ६८ वटा छ । त्यसपछि रुससँग २९, चीनसँग १२, बेलायतसँग ११, फ्रान्ससँग ८ र भारतसँग १ आणविक हतियारयुक्त पनडुब्बी छन् । अमेरिकासँग रहेको ६८ पनडुब्बीमध्ये आणविक हतियारसहितको ब्यालेस्टिक मिसाइल रहेको पनडुब्बी १४ वटा छ । ४४ वटा अन्य प्रकारको आणविक हतियारयुक्त पनडुब्बी छन् ।

रुससँग ११ वटा आणविक हतियारसहितको ब्यालेस्टिक मिसाइल रहेको पनडुब्बी छ । १८ वटा अन्य प्रकारको आणविक हतियारयुक्त पनडुब्बी छन् । रुससँग सबैभन्दा ठूलो आणविक हतियारयुक्त पनडुब्बी छ । चीनसँग ६ वटा आणविक हतियारसहितको ब्यालेस्टिक मिसाइल रहेको पनडुब्बी छ भने ६ वटा अन्य प्रकारको आणविक हतियारयुक्त पनडुब्बी छन् । बेलायतसँग ४ वटा आणविक हतियारसहितको ब्यालेस्टिक मिसाइल रहेको पनडुब्बी छ । ७ वटा अन्य प्रकारको आणविक हतियारयुक्त पनडुब्बी छन् । फ्रान्ससँग ४ आणविक हतियारसहितको ब्यालेस्टिक मिसाइल रहेको र ४ वटा अन्य प्रकारको आणविक हतियारयुक्त पनडुब्बी छन् । भारतसँग आणविक हतियारसहितको ब्यालेस्टिक मिसाइल रहेको पनडुब्बी एउटा छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

ताजा

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.