• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ असार २०८३, शुक्रबार
१९ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कामना सेवा विकास बैंकलाई लगातार बीपीए गोल्ड अवार्ड
  • १२ घण्टा 

अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश
  • १३ घण्टा 

देशभर मनसुन वायुको प्रभाव कायमै, विभिन्न प्रदेशमा वर्षाको सम्भावना
  • १३ घण्टा 

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • १ दिन 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • १ दिन 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • १ दिन 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • १ दिन 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • २ दिन 

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • २. गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ५. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ६. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • ७. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

  • ८. विश्वकप फुटबल : फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश

  • ९. राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

  • १०. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

भूकम्प गएको साढे सात वर्षपछि पुनःनिर्माण सुरु

जानकारी केन्द्र २०७९, आश्विन, ९

काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त हनुमानढोका दरबार क्षेत्रको विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि साढे सात वर्षपछि शिलान्यास भएको छ । राजा भुपालेन्द्र मल्लको पालामा बनेको मन्दिर तीन तहको पेटीमा थियो । भूकम्पले क्षति गरेको मन्दिर साढे सात वर्षपछि पुनः निर्माण गर्न लागिएकामा स्थानीयवासीले खुशी व्यक्त गरेका छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रबाट विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू क्षेत्रमा जाने सम्पदा पदमार्ग पुनः स्थापनाको घोषणा गर्न आज आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले मन्दिर पुनः निर्माणको शिलान्यास गरे । यो पदमार्गमा एक सय ४० सम्पदा पर्ने जनाइएको छ । त्यसमध्ये भूकम्पले क्षति गरेका २२ वटा सम्पदाको पुनःनिर्माण गर्नुपर्ने छ । सम्पदा पुनःनिर्माणका लागि सहरी विकास मन्त्रालयले काम सुरु गरिसकेको कार्यक्रममा मन्त्री श्रेष्ठले जानकारी गराए ।

विष्णुमती नदीमाथिको सम्पदा मार्गमा मान्छे हिँड्ने पुल पनि बनाइने उनले सुनाए । मन्त्री श्रेष्ठले भने– “सम्पदा क्षेत्रका घरलाई आधुनिकताबाट पुरानो मौलिक शैलीमा परिवर्तन गरिनेछ, महानगरपालिकालगायत सरोकार भएका संस्थाबाट पनि यसका लागि सहयोगको आशा गरिएको छ ।”

सम्पदा क्षेत्रमा राखिने पसल पनि पुरातात्विक एवं मौलिक शैलीको राखेर पर्यटकलाई आकर्षित गर्ने नीति मन्त्रालयले लिएको छ । पर्यटक आकर्षित गर्न भ्रमण दशक घोषणा भइसकेकाले हनुमानढोका दरबार क्षेत्रस्थित काठमाडौँ महानगरपालिका–१९ का पिछडिएका सम्पदाको विकासमा पनि काम हुने प्रतिबद्धता मन्त्री श्रेष्ठको छ ।

मन्त्रालयका सचिव सुरेश अधिकारीले कोरोनाले थला परेको पर्यटन क्षेत्रको प्रवद्र्धनकै लागि भ्रमण दशक घोषणा गरिएको जानकारी गराए । पर्यटकलाई आकर्षित गर्न विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा क्षेत्रको विकास एवं प्रवद्र्धन गरिनुपर्ने उनको भनाइ थियो ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले हनुमानढोकाबाट स्वयम्भूसम्म एक सय ४० सम्पदा रहेको उल्लेख गर्नुहुँदै तिनको प्रवद्र्धनका लागि सम्पदा मार्गले सहयोग गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा हनुमानढोका दरबार क्षेत्रका सम्पदाका बारेमा जानकारी दिने उद्देश्यले लेखिएको पुस्तकको मन्त्री श्रेष्ठले विमोचन गरे । अनिल चित्रकारले लेख्नुभएको पुस्तक हनुमानढोका दरबार हेरचाह अड्डाले प्रकाशन गरेको हो । तीन सय पृष्ठको पुस्तकले यस क्षेत्रका सम्पदा र तीनको महत्वका बारेमा प्रकाश पारेको लेखक चित्रकारले जानकारी दिए ।

कुती र केरुङ व्यापार गर्न जानेको केन्द्रका रुपमा १५औँ शताब्दीमा काष्ठमण्डप रहेको उल्लेख गर्दै उनले यहाँ आएर बस्नेलाई भात खुवाउने गुठी पनि रहेकामा अहिले लोपोन्मुख अवस्थामा रहेको सुनाए । तत्कालीन अवस्थामा काठमाडौँ छिर्ने ३२ ढोका थिए भन्ने विषय पनि पुस्तकले उजागर गरेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले बताए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कामना सेवा विकास बैंकलाई लगातार बीपीए गोल्ड अवार्ड
अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश
देशभर मनसुन वायुको प्रभाव कायमै, विभिन्न प्रदेशमा वर्षाको सम्भावना

ताजा

कामना सेवा विकास बैंकलाई लगातार बीपीए गोल्ड अवार्ड

अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश

देशभर मनसुन वायुको प्रभाव कायमै, विभिन्न प्रदेशमा वर्षाको सम्भावना

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.