आयात नियन्त्रण गर्ने सरकारी प्रयास विफल
काठमाडौं । सरकारले बढ्दो आयात नियन्त्रण गरी स्वदेशी उत्पादनको प्रवद्र्धनसँगै निर्यात बढाउने अभियान थाले पनि सो अभियान विफल भएको छ ।
यसअघि सरकारले विभिन्न वस्तुहरूमा आयात प्रतिबन्ध लगाए पनि आयात र निर्यातबीचको अन्तर अत्यधिक छ । हालसम्म सरकारी तवरबाट भएका विविध प्रयास विफल भएकै कारण हाल मुलुकमा आयात हुने वस्तु र निर्यात गरिने स्वदेशी उत्पादनबीचको अन्तर निकै बढी छ । आयात र निर्यातबीचको असन्तुलनले सरकारी प्रयास त्यसै खेर गएको देखिन्छ ।
चालू आर्थिक वर्ष २०७९र८० को वितेका दुई महिना साउन र भदौमा विभिन्न देशबाट नेपाल भित्रिने वस्तु आयातमा उच्च वृद्धि भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा झन्डै ३ खर्ब रुपैयाँको आयात हुँदा जम्मा २८ अर्ब रुपैयाँको मात्र निर्यात भएको छ । यो चालू आर्थिक वर्षको बितेका दोस्रो महिना भदौ मसान्तसम्मको विवरण हो ।
भन्सार विभागको सोही तथ्यांकअनुसार चालू आवको भदौ महिनामा २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँबराबरको वस्तु तथा सामान आयात भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजार रुपैयाँ बढीको आयात भएको थियो । अहिले गत आवको भन्दा १३ दशमलव शून्य १ प्रतिशतले आयात घटेको छ ।
यसैगरी, भन्सार विभागले भदौ महिनामा ३४ दशमलव ८८ प्रतिशतले स्वदेशी वस्तुको निर्यात घटेको जनाएको छ । विभागका अनुसार सो अवधिमा २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँबराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षमा नेपालबाट ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँबराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।
चालू आर्थिक वर्षको पहिलो महिना गत साउनको तुलनामा भदौ महिनामा मात्र वस्तु आयात ११ अर्ब रुपैयाँले बढेको छ । साउनमा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो । भदौमा आइपुग्दा यस्तो आयात बढेर २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौमा मात्र नेपालले १ खर्ब ४२ रुपैयाँको वस्तु आयात गरेको छ । सोही तथ्यांकअनुसार साउनको तुलनामा भदौमा वस्तुको आयात ११ अर्ब रुपैयाँले बढेको हो । आयात नियन्त्रणका लागि विभिन्न प्रयास गरिरहेको सरकारले अझै विलासिताका वस्तुको आयातमाथिको प्रतिबन्ध कायमै राखेको छ । राजधानी दैनिकबाट
सम्बन्धित समाचार
नेपालबाट भिडाको अन्तर्राष्ट्रिय यात्रा सुरु, विद्युतीय स्कुटर र अफ–रोड बाइक सार्वजनिक
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने सुविधा सार्वजनिक
बिजुलीको पोलमा मोटरसाइकल दुर्घटना : १५ वर्षीय किशोरको निधन
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता
सुनको मूल्यमा उच्च वृद्धि, चाँदी पनि महँगियो
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
उपायको तीव्र विस्तार : एक वर्षमै ५४ प्रतिशत कारोबार वृद्धि, १५ सय भन्दा बढी रोजगारी सिर्जना

