चुलिँदै देउवाको एकाधिकार
काठमाडौं । नेपाली कांग्रेसभित्र एकाधिकारवाद झाँगिदै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफू इतरका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर आफ्नो गुट जोगाउन तल्लीन रहेपछि पार्टी संस्थागत हुन नसकेको हो । शनिबार मात्रै संस्थापन इतका नेताहरूले खबरदारीसभा गरेर देउवाको ध्यानाकर्षण गएसँगै पार्टीले निर्वाचन आयोगमा पठाएको समानुपातिक बन्द सूचीको लिस्ट सार्वजनिक भएको छ ।
आन्तरिक पार्टी जीवनमा संस्थापन इतर समूहका नेता डा शेखर कोइराला समूहले आगामी चुनावमा सम्मानजन उपस्थिति खोजेको छ । पार्टीभित्र न्याय र समानताका लागि भन्दै संघर्षका कार्यक्रम तय गरेको कोइराला समूहलाई चित्त बुझाउनतिर ध्यान नदिएर गठबनधनका नाममा ‘प्रचण्ड’ माधव नेपालसँग घाँटी जोडेको देउवामाथि नेताहरूले आरोप लगाएका छन् ।
देउवाले समानुपातिक सूचीमा आफन्त नातेदारदेखि व्यापारीहरू समेतलाई राखेको भन्दै उहाँमाथि कार्यकर्ताहरू खनिएका छन् । कोइराला समूहले ४० प्रतिशत सिट नपाए विद्रोह गर्ने चेतावनी दिइरहेका बेला सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेताहरूलाई समानुपातिकको बन्दसूचीमा राखेको तथ्य सार्वजनिक भएको छ ।
निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म अटाएका छन् ।बन्दसूचीमा सभापति देउवानिकट नेता मात्रै होइन व्यापारिक पृष्ठभूमिका व्यक्तिहरूलाई पनि राखिएको छ । नेपाल समाचारपत्र दैनिकबाट
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
