प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण तथा निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आइतबार जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण भ्रमण गर्नुको साथै मातहत समेतमा कार्यरत ईकाई प्रमुखहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा आयोजित कार्यक्रममा आवश्यक निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले शान्ति सुरक्षा कायम राख्न, मानवअधिकारमा सम्वेदनशील रहन, आर्थिक पारदर्शिता कायम राख्न र आसन्न निर्वाचनमा परिचालनका लागि आवश्यक तयारी गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
सो अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले धन्यवाद ज्ञापन गर्नुको साथै बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतले ३ महिनामा सम्पादन गरेका कृयाकलाप प्रस्तुत गर्नुभयो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षकहरु, जिल्ला प्रहरी कार्यालय चितवन तथा मकवानपुर, राजमार्ग सुरक्षा तथा ट्राफिक प्रमुखहरु समेतको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
