गुम्बा निर्माणका लागि पोर्चुगलबाट आर्थिक सहयोग
काठमाडौँ । दोलखाको गौरीशङ्करमा निर्माणाधीन गुम्बाका लागि पोर्चुगलमा सङ्कल गरिएको सहयोग रकम गुम्बा व्यवस्थापन समितिलाई प्रदान गरिएको छ ।
जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ७ सिक्पासोरमा निर्माणाधीन यार्जाङ गुम्बाका लागि यहाँ सङ्कलन गरिएको रु १२ लाख ५५ हजार छ सय १४ सहयोग रकम प्रदान गरिएको हो । सङ्कलित रकम रेमिट्यान्समार्फत गुम्बा व्यवस्थापन समितिलाई पठाइएको सहयोग सङ्कलन समितिका संयोजक धनराज शेर्पाले राससलाई जानकारी दिए ।
निर्माणाधीन गुम्बाको निर्माण सम्पन्न गर्न रकम अपुग भएपछि प्रवासमा सहयोग सङ्कलन अभियान सञ्चालन गरेर आर्थिक सङ्कलन गरिएको शेर्पाले बताए ।
शेर्पाले राजधानी लिस्बनमा सञ्चालन गरेको एभरेष्ट रेष्टुरेन्टमा राखिएको दान बाकसमा जम्मा भएको रु दुई लाख ११ हजार चार सय दुई, पोर्चुगलमा सङ्कलन गरिएको रु दुई लाख ३७ हजार पाँच सय ९८, शेर्पाले व्यक्तिगतरुपमा प्रदान गरेको रु एक लाख ५१ हजार र बेल्जियममा सङ्कलन भएको रु छ लाख ५५ हजार छ सय १४ गरी कूल रु १२ लाख ५५ हजार छ सय १४ गुम्बा व्यवस्थापन समितिलाई प्रदान गरिएको जानकारी दिए ।
गुम्बाका सल्लाहकारसमेत रहनुभएका शेर्पा र वाङ्गेल लामाको पहल तथा सक्रियतामा पोर्चुगल र बेल्जियममा सहयोग रकम सङ्कलन गरिएको हो । गुम्बा निर्माणका लागि रु १५ लाख सहयोग गर्ने लक्ष्यअनुरुप सहयोग सङ्कलन गरिएको र अझै अभियान जारी रहेको शेर्पाले बताए । रासस
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
