Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

चामलको अक्षताले हान्दा एक जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, ११
चामलको अक्षताले हान्दा एक जनाको मृत्यु

रामेछाप। पितृ उतार्ने भन्दै अक्षता चामलले हान्दा रामेछापमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खाँडादेवी गाउँपालिकाका ५० बर्षकी बिबा माझी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

घट्नामा मृतक माझीकी ७० बर्षकी आमा सुनमाया माझी गम्भीर घाइते भएकी छिन्। उनको अहिले मन्थली अस्पतालमा उपचार भइरहेको छ।

स्थानीय माझी समुदायका ११ जना भन्दा बढी किशोर किशोरीले पितृ उतार्नका लागि काम्दै आमाछोरीलाई ७ बोराभन्दा बढी चामलको अक्षताले मुख तथा शरिरमा हानेको स्थानीयहरुले बताएका छन्।

करिव डेढ घन्टा चामलले हानेपछि मृत्यु भएकी बिबा माझीलाई उनीहरुले फेरि व्युताउने भन्दै थप आधा घन्टा चामलले हानेको उनका छोरा प्रेम माझीले जानकारी दिए।

Top Changing Nepal

युट्युब सट्स