काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा आज मंगलबारदेखि थप २ वाणिज्य बैंकहरुको सेयर कारोबार रोक्का भएको छ ।कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) बीच सोमबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भए पछि दुबै बैंकहरुको दोस्रो बजार कारोबार रोक्का गरिएको हो ।
यी दुई बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । मर्जरपश्चात कुमारी बैंकको नाममा एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने सहमति भएको छ । अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ भने कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी करिब २६ अर्ब हाराहारी पुग्नेछ ।





