चोरीमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ
काठमाडौं । मादी गाँउपालिका-७ काउरेडाँडास्थित सडक छेउमा रहेको थाक खोलाको खानेपानी संस्थानको पाइपहरु चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-७ थाक बस्ने ३५ वर्षीय रमेश गुरुङ, २६ वर्षीय निरज तामाङ, सोही गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका-१० बस्ने ३४ वर्षीय खरजंग गुरुङ र लम्जुङ मध्यनेपाल नगरपालिका-८ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका-१३ कसेरी बस्ने २३ वर्षीय रिदम भन्ने सुनिल परियार रहेका छन् ।
असोज ५ गते बिहान खानेपानी संस्थानको पाइपहरू चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले ग।१ त ५१३७ नम्बरको ट्याक्टरमा उक्त पाइपहरू लोड गरी मादी गाउँपालिका-५ तर्फ ल्याउँदै गरेको अवस्थामा फेला पारी उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा दिन ६ म्याद थप गरी यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

