फेरिए ५२ हाते लिङ्गा
काठमाडौँ । कर्णाली क्षेत्रको ऐतिहासिक प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा ध्वजापताकासहित ५२ हातका नयाँ लिङ्गा गाडिएका छन्। हरेक वर्ष घटस्थापनाका दिन लिङ्गा फेर्ने प्रचलनअनुसार यस वर्ष पनि लिङ्गा फेरिएका हुन् । मन्दिरमा लिङ्गा ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ–आफ्ना घरमा घटस्थापना गर्दछन्।
स्थानीय संस्कृतिका जानकार रमानन्द आचार्यका अनुसार चन्दननाथ भैरवनाथ मन्दिरमा परापूर्वकालदेखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भसहित चार पुराना लिङ्गा र विजय स्तम्भ झिकेर नयाँ खडा गर्ने गरिएको हो ।
चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापनका सचिव जितबहादुर महतका अनुसार जुम्ला सदरमुकाममा रहेको ऐतिहासिक मन्दिरमा ५२ हाते लिङ्गा र ५२ हाते ध्वजासहित नयाँ लिङ्गा फेरिने चलनअनुसार लिङ्गा फेरिएका हुन् । चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अनुसार प्रसिद्ध मन्दिरमा हप्ताको एक पटक ठूलो पूजा गरिने प्रचलन छ। यसमा पनि ५२ हप्ता हुने भएका कारण ५२ हाते ध्वजासहित ५२ हाते लिङ्गा खडा गरी घटस्थापना गर्ने चलन छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
