इरानमा प्रदर्शन : सुरक्षाकर्मीको ज्यादतीबाट कम्तीमा ७६ जनाको मृत्यु
काठमाडौं । इरानमा सुरक्षाकर्मीको बल प्रयोगका कारण कम्तीमा ७६ जना प्रदर्शनकारीको मृत्यु भएको छ।पछिल्लो ११ दिनमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि क्रुर व्यवहार गरेको र त्यसले मानवीय क्षति भएको अधिकारकर्मीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। नर्वेमा रहेको इरान मानवअधिकार९आइएचआर०ले अनावश्यक रूपमा सुरक्षाकर्मीले बल प्रयोग गरेको आरोप लगाएको छ।
तर, इरानका सरकारी सञ्चारमाध्यमले मृत्यु हुनेको संख्या ४१ मात्रै रहेको दाबी गरेका छन्। मृत्यु हुनेमा सुरक्षाकर्मी पनि रहेको र त्यसका लागि प्रदर्शनकारी दोषी भएको सरकारी सञ्चारमाध्यमको भनाइ छ। प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोलाबारुदको प्रयोग गरेको र त्यो अन्तर्राष्ट्रिय अपराध कानुनविपरीत रहेको आइएचआरका निर्देशकले बताएका छन्। विश्व समुदायले इरानका बासिन्दा गरिरहेको आधारभूत अधिकारको मागको सुरक्षा तथा समर्थन गर्नु पर्ने आइएचआरका निर्देशक महमूद अमिरी९मोभाद्धामले आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघीय मावनअधिकार कार्यालयले पनि इरानको अवस्थाप्रति चासो व्यक्त गरेको छ।
२२ वर्षीया युवती महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा त्यसको विरोधमा प्रदर्शन हुँदै आएको हो। कपाल राम्रोसँग छोपिने गरी सल नओढेको भन्दै इरानको नैतिकता प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरी हिरासतमै रहेका बेला उनको शंकास्पद मृत्यु भएको थियो। प्रहरीले उनको टाउकोमा लौरीले हिर्काएको तथा उनको टाउको मर्काएको आरोप छ। सोही कारण उनको मृत्यु भएको बताइन्छ।
तर, प्रहरीले भने आफूहरूले महसामाथि गलत व्यवहार गरेको कुनै प्रमाण नरहेको दाबी गर्दै आएको छ। आकस्मिक रूपमा मुटुले काम गर्न छोडेकाले उनको मृत्यु भएको दाबी प्रहरीको छ। उनको सेप्टेम्बर १६ मा मृत्यु भएको हो। महसाको निधनपछि इरानमा सरकारविरोधी प्रदर्शन भइरहेको हो। इरानका सबै प्रान्तमा प्रदर्शन फैलिएको छ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
