साउदी राजकुमार सलमानको शक्ति बढ्यो, प्रधानमन्त्रीको जिम्मेवारी
एजेन्सी । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अघोषित रुपमा त्यहाँका शासक हुन् । पिता राजा सलमानले उनलाई यति धेरै अधिकार दिएका छन् कि साउदीको शासनको बागडोर हातमा पारेका छन् ।
सलमानलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको खबर सार्वजनिक भएको छ । मन्त्रिमण्डल पुर्नगठनमा सलमानले प्रधानमन्त्रीको जिम्मेवारी पाए ।
यसअघि सलमान उपप्रधानमन्त्री र रक्षामन्त्री थिए । ८६ वर्षीय राजा सलमानले छोरा सलमानलाई विस्तारै शक्ति हस्तान्तरण गरिरहेका छन् । सन् २०१७ मा राजा सलमानले आफ्ना छोरालाई आफूपछिको उत्तराधिकारी बनाए । यो साउदी राजपरिवारमै हलचल ल्याउने घटना थियो । विगतमा राजाको उत्तराधिकारी भाईहरु हुन्थे । त्यसपछि मात्र छोराहरुको पालो आउँथ्यो ।
सलमान विवादमा पर्दै आएका छन् । पत्रकार खसोगीको हत्या उनकै योजनामा बनेको विषय उठ्दै आएको छ । पश्चिमा देशहरुले उनीमाथि मानवअधिकारको उल्लंघनको विषय उठाउँदै आएका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
