देउवा विरोधी शेखर समूहका शीर्ष नेताहरु सानेपामा धर्नामा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फका उम्मेदवार छनोटमा एकलौटी गरेको भन्दै पार्टी सभापतिका प्रत्यासी समेत रहेका वरिष्ठ नेता डा। शेखर कोइराला समूह आन्दोलनमा उत्रिएको छ ।
समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नेतृत्वले एकलौटी गरेको विरोध कोइराला समूहले पार्टी कार्यालय सानेपामा आज धर्ना दिएको छ ।गत सोमबार बसेको शेखर समूहको बैठकले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका लागि भन्दै पार्टी कार्यालयमा धर्ना बस्ने निर्णय गरेको थियो ।
धर्ना कार्यक्रम केहीबेर अघिबाट पार्टी कार्यालयमा जारी छ । १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने संस्थापनइतर समूहको तयारी छ ।
धर्नामा शेखर समूहका शीर्ष नेताहरु सहभागी भएका छन् । माग सम्बोधन नभए अनशन, धर्ना र निर्वाचन बहिष्कारसम्मको योजनामा शेखर समूह छ । संस्थापन इतर समूहका दोस्रो तहका नेताहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको टिकट वितरणमा ४० प्रतिशत भाग पाउनुपर्ने माग गर्दै दबाबमुलक कार्यक्रम गर्दै आएका छन् ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


