• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, पुष १२, २०८२
शनिबार, पुष १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

सीमावर्ती नेपाली बजारमा भारतीय तीर्थालुको घुइँचो

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित भारतसँग सीमा जोडिएको नेपाली ब्रह्मदेव बजारमा पछिल्लो केही दिनयता चहलपहल बढेको छ ।

भारतको प्रसिद्ध तीर्थस्थल पूर्णागिरिमा लागेको नवरात्र मेलाका कारण सीमावर्ती नेपाली बजार ब्रह्मदेवमा पनि भारतीय तीर्थालुको चहलपहल बढेको हो ।

पूर्णागिरि मन्दिरको दर्शन पछि ब्रह्मदेव वा महेन्द्रनगरमा रहेको सिद्धनाथ मन्दिरको समेत दर्शनपश्चात् मनोकामना पूरा हुने धार्मिक मान्यता र विश्वास रहेको छ । त्यसैले उत्तराखण्ड र उत्तरप्रदेशका विभिन्न ठाउँबाट सवारीसाधन भाडा गरेर सामूहिक रुपमा भारतीय तीर्थालु सिद्धनाथ मन्दिरको दर्शन गर्न ब्रह्मदेव पुगेका छन् ।

“पूर्णागिरि माताको दर्शनपछि सिद्धबाबा मन्दिरमा आउनै पर्छ, यो बाबुबाजे देखिकै चलन हो, हाम्रो आस्था हो”, ब्रह्मदेवमा भेटिनु भएका लखिमपुरका अनिल बर्माले भने, “यहाँ पुगेपछि मनोकामना पूरा हुन्छ, सपरिवार प्रत्येक वर्ष दर्शन गर्ने गरेका छौँ ।” घटस्थापनादेखि सुरु हुने नवरात्र मेलाले ब्रह्मदेव बजारमा भारतीय तीर्थालुको घुइँचो लागेको छ । पूर्णागिरि जाने क्रममा सडक सहज नहुँदा केही सास्ती खेप्नु परेको दर्शनार्थीको गुनासो छ ।

“ठाउँ ठाउँमा सडक बिग्रिएको छ, त्यसैले यात्रा केही असहज छ,” सीतापुरका अशोक कुमारले भने, “सडक बिग्रिएको ठाउँमा पैदल हिँडेरै भए पनि पूर्णागिरि माता, सिद्धनाथ बाबाको दर्शन गर्न ब्रह्मदेव आएका छौँ ।”

सिद्धनाथ मन्दिरमा पछिल्लो समयमा दैनिक १० हजारभन्दा बढी भारतीय तीर्थालु दर्शनका लागि पुग्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणसिंह महताले बताए । “घटस्थापनदेखि पूर्णागिरिमा सुरु भएको नवरात्र मेलाले सिद्धनाथ मन्दिर दर्शन गर्न आउनेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ, यो मेला नवरात्र अवधिसम्म लाग्छ”, उनले भने ।

मन्दिर सरसफाइका साथै तीर्थालुको सुविधाका लागि शुद्ध पिउने पानीको व्यवस्थापन गरिएको उनको भनाइ छ । ब्रह्मदेवमा भारतीय दर्शनार्थीको भीड बाक्लिएसँगै व्यापार पनि वृद्धि हुने व्यवसायीको विश्वास छ ।

भारतीय दर्शनार्थीलाई लक्षित गरेर ब्रह्मदेव बजारमा अहिले छाप्रो बनाएर खेलौनालगायतका स–साना पसलहरु पनि थापिएका छन् । मेला भर्न आउने भारतीय दर्शनार्थीले जुत्ता, चप्पल, टर्च, छाता, खेलौना, क्रिम, भिक्सलगायत रेडिमेड कपडा रुचाउने गरेका छन् । “मेलाले भारतीय दर्शनार्थीको चहलपहल बढेकाले अरू समयभन्दा व्यापार राम्रो हुन्छ”, व्यवसायी दत्तराज पनेरुले भने, “यहाँ दर्शन गरेपछि तीर्थालुले व्रत तोड्छन्, त्यसैले यो अवधिमा होटल धेरै चल्छ ।”

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.