अब निजी हाइड्रोपावर कम्पनीहरुले सोझै विदेशमा बिजुली बेच्न पाउने
काठमाडौं । सरकारले निजी हाइड्रोपावर कम्पनीहरुले विदेशमा बिजुली बेच्न पाउने व्यवस्था समेटिएको अध्यादेश ल्याएको छ। राष्ट्रिय सभामा विचाराधीन रहेको विद्युत विधेयक २०७७ फिर्ता गर्दै सो विधेयकलाई अध्यादेशमार्फत कार्यान्वयनमा ल्याउन लागिएको हो। असोज ७ मा बसेको मन्त्रिपरिषद बैठकले सो अध्यादेशलाई प्रमाणीकरण गर्न राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेको छ।
अहिले निजी क्षेत्रका हाइड्रोपावर कम्पनीहरुले नेपाल विधुत प्राधिकरणलाई मात्रै बिजुली बेच्न पाउने व्यवस्था छ। यो विधेयक प्रमाणीकरण भएपछि निजी हाइड्रोपावर कम्पनीहरुलाई विदेशमा विधुत् बिक्रि गर्ने बाटो खुल्नेछ। अध्यादेश प्रमाणीकरण भएको केहि समयभित्रै आवश्यक कार्यविधि तयार गर्ने तयारी उर्जा मन्त्रालयको रहेको जानकारी उर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले दिएका छन्।
अहिले विधुत् प्राधिकरणले भारतमा विधुत निर्यात गरिरहेको छ। केही वर्षअघिसम्म लामो लोडशेडिङ्ग भोगेको नेपाल अहिले केहि समयकै अवधिमा विजुली बेच्न सक्ने अवस्था बन्नुलाई सकारात्मक रुपमा लिन सकिन्छ। अहिले विद्युत प्राधिकरणले निजी हाइड्रो डेभलपरहरुसँग सस्तोमा किन्ने र महंगोमा भारतमा बेच्ने गरिरहेको छ जसकारण प्राधिकरणको नाफा पनि उल्लेख्य रुपमा बढेको छ। अब निजी हाइड्रो कम्पनीहरुले पनि भारत, बंगलादेश लगायतका देशमा विद्युत खरिद बिक्रि सम्भौता गरि प्रत्यक्ष रुपमा विधुत् बेच्न सक्ने कानुन बनेसंगै निजी क्षेत्रका कम्पनीहरुले विद्युत प्राधिकरणलाई नै विधुत् बेच्नुपर्ने वाध्यता टर्ने देखिन्छ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
