विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र बुप्रोनोर्फिन १ सय एम्पुल सहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरी सुनौलो नगरपालिका–२ बस्ने २७ वर्षीय निर्मल कार्की छन्। उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो। प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बिर्तामोडबाट काठमाडौंतर्फ आउँदै गरेको ना।६ ख १५९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी काठमाडौं महानगरपालिका–१३ बाफलबाट नियन्त्रित लागूऔषध फेनारगन ९ सय एम्पुल, नोर्फिन ९ सय एम्पुल र डाइजेपाम ९ सय एम्पुल सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बारा कलैया नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने २२ वर्षीय रामेश्वर साह र सोही ठाउँ बस्ने २२ वर्षीय राज कुमार साह छन्।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। रौतहटको इशनाथ नगरपालिका–८ मनसरी टोलबाट करिब २५ किलो गाँजासहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारत मोतिहारी बस्तपुर बस्ने २० वर्षीय दिपेन्द्र मुखिया र सितामढी किसानपुर बस्ने १९ वर्षीय अशोक कुमार दास रहेका छन्। प्रहरी चौकी रामपुरखापबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूले उक्त गाँजा फाली मोटरसाइकल सहित फरार भएपछि उक्त गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो। फरार भएका उनीहरूको खोजी गर्ने क्रममा प्रहरी चौकी जयनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
