दसैँमा स्वस्थ रहन जिब्रोलाई नियन्त्रण, यी कुरामा ध्यान दिऔँ
काठमाडौँ । दसैँ खुसी र उमंगको चाड । दसैँमा रमाइलो गर्ने, खाने पिउने हो । यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । तर, उत्साहमा हामीले स्वास्थ्यमा त्यति ख्याल राख्दैनौँ । हाल कोरोना महामारीले स्वास्थ्यलाई नै चुनौती दिएको छ । यस सन्दर्भमा खानपानमा विशेष ध्यान दिनुपर्ने जनस्वास्थ्यविद्हरूले बताउँदै आएका छन् ।
दसैँमा विशेष रूपमा मासुको परिकार कोचेर खाइन्छ । मासुसँगै मदिरा, फलफूल हरियो सागपातको पनि प्रयोग गरिन्छ । अनि पर्व सकिएसँगै स्वास्थ्यमा समस्या देखिन थाल्छ । पहिले पैसा हुँदैनथ्यो । मीठो परिकार खान दसैँतिहार नै आउनुपर्थ्यो । तर, अहिले समय बदलिएको छ । हातहातमा पैसा छ । त्यसैले अघिपछि पनि मीठो परिकार खान सकिन्छ । दसैँ तिहार कुर्नु पर्दैन । त्यसैले खानपानमा ध्यान दिएर रमाइलोसँग दसैँ मनाउनुपर्छ ।
खानपानमा यी कुरामा ध्यान दिइनुपर्छः
दसैँमा अधिकांशको भान्छामा मासुको परिकार पाक्छ । मसला कम हालेको मासु खानुपर्छ । मासुमा चिल्लो धेरै हुने भएकाले थोरै मात्रामा खानुपर्छ । मासुसँगै हरियो तरकारी खानुपर्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । मासुलाई एकैपटक पकाएर फ्रिजमा राखेर निकाल्दै तताउँदै खानु हुँदैन । यसरी खाँदा पोषण पनि हुँदैन ।
नपकाएको मासु फ्रिजमा राख्ने अनि आवश्यक मात्रामा पकाएर खानुपर्छ । पकाएको बासी मासुको प्रयोग गर्नु हुँदैन । पेट ढुस्स भयो भने छाक छोड्नुपर्छ । कोचेर मासु खानु हुँदैन ।
दिनको तीन पटक मासु, तीन पटक मदिरा, जंक फुड खानु हुँदैन । मधुमेह, उच्च रक्तचाप, युरिक एसिडजस्ता रोग लाग्छ । मासु र मदिरा एकै पटक सेवन नगर्ने । थोरै मदिरा सेवन गर्दा फाइदा हुन्छ भन्ने यो सत्य होइन । यो विष नै हो । यसले कलेजो बिगार्छ । मोटोपन भएकाले कम मात्रामा मासु खानुपर्छ । मोटोपन बढ्यो भने झन् रोग बढ्दै जान्छ । पातलो शरीर भएकाले अपच हुनेगरी खानु हुँदैन । त्यसैले सावधानी अपनाएर खानुपर्छ ।
बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष ध्यान
दसैँमा बालबालिकाले जंक फुड र कोल्ड ड्रिङ्क्सको धेरै प्रयोग गर्ने गरेका छन् । बुबाआमाले बालबालिकाको विशेष ध्यान दिनुपर्छ । जंक फुडमा नुन धेरै मिसिएको हुन्छ । त्यस्तै, कोल्ड ड्रिङ्क्समा चिनी धेरै मिसिएको हुन्छ । यसले मुटु र मिर्गौलालाई असर गर्छ । बालबालिकामा पेट दुख्ने बान्ता आउने समस्या हुन्छ । त्यसैले अभिभावकले बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष ख्याल गर्नुपर्छ ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री