Jankari Kendra
१० कार्तिक २०८३, सोमबार

लाल मोहमद हत्या काण्डमा संलग्न तीन जना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, १४
लाल मोहमद हत्या काण्डमा संलग्न तीन जना पक्राउ

काठमाडौँ । काठमाडौंको गोठाटारमा गत ३ असोजमा चलेको गोलीकाण्डमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार उनीहरुलाई भारतबाट पक्राउ गरेर ल्याइएको हो ।

उनीहरुलाई केहीदिन पहिल्यै नै प्रहरीले पक्राउ गरेको थियो । काठमाडौं परिसरले उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको प्रहरी उच्च स्रोतले जानकारी दियो । पक्राउ परेका अभियुक्तहरुको विवरण भने गोप्य राखिएको छ ।

भारतीय गुण्डा नितिन मदनको योजनामा भएको भनिएपनि उनलाई पक्राउ गरिएको हो वा होइन भन्ने खुलेको छैन् ।

सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै हत्या भएको थियो । मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर फरार भएका थिए ।

यसअघि उनले हत्या गरेका व्यक्तिको अनुसन्धानका क्रममा नै उनको कनेक्सन पाकिस्तानसम्म रहेको पुष्टि भएको थियो। कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित उनको गार्मेन्ट अगाडि अज्ञात समूहले गोली प्रहार गरेर फरार भएका थिए ।

Top Changing Nepal

युट्युब सट्स