• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ बैशाख २०८३, मङ्गलबार
१५ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
  • ६ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

२०८३ वैशाख १६ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ७ घण्टा 

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • २२ घण्टा 

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • २४ घण्टा 

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
  • १ दिन 

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
  • १ दिन 

राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो
  • १ दिन 

देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : यी प्रदेशमा हुनेछ भारी वर्षा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा बढ्दो गर्मीसंगै एसी उपभोक्ताको शीतलताको सारथी : सिजी मेरिडिया

  • २. चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

  • ३. कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध

  • ४. नेपाल टेलिकमको समर अफर : के-के छन् सुबिधा ?

  • ५. राष्ट्रिय वाणिज्य बैंकको नाफा झण्डै दोब्बर, २ अर्ब ७६ करोड नाघ्यो

  • ६. ईभीमा भाडा बढेको छैन, बढी असुल गरे कारबाही हुन् सक्ने

  • ७. २०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक

  • १०. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

यतीको नयाँ विमानबाट आजदेखि व्यावसायिक उडान सुरु

जानकारी केन्द्र २०७९, आश्विन, १४

काठमाडौँ । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । गत भदौ २० गते छैटौँ एटिआर ७२–५०० विमान थप गरेको यतीले आजदेखि व्यावसयिक उडान सुरु गरेको हो ।

नयाँ थपिएको विमानले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएर आज बिहान ८।२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडान भर्ने तालिका रहेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तोलाले जानकारी दिए ।

सो विमानलाई प्राधिकरणले नाइनएन–एएमजेट कल साइन दिएको छ । सत्तरी सिट क्षमताको उक्त विमान अष्ट्रेलियन कम्पनीसँग लिजमा ल्याएको हो । एमएसएन नं ९८६ भएको उक्त विमानको जम्मा आठ हजार दुई सय ७३ साइकल र १० हजार दुई सय ९१ घण्टा मात्र उडान भरेको प्रवक्ता बर्तौलाले जानकारी दिए ।

एटिआर कम्पनीले उत्पादन गरेको ७२–५०० सिरिजको विमानमा यो सबैभन्दा पछिल्लो उत्पादन हो । कम्पनीले यो विमानपश्चात् थप एउटा मात्र विमान उत्पादन गरेर सो सिरिजको उत्पादन नै बन्द गरि ७२–६०० सिरिजका विमानहरुको उत्पादन सुरु गरेको हो ।

नेपालमा ट्रङ्क रुटमा उडान गर्ने अन्य विमानभन्दा यो नै पछिल्लो र कम उडान भरेको विमान हो । विमानको आयु यसको साइकल र उडान घण्टामा आधारित हुन्छ । एटिआर विमानको साइकल ७० हजारभन्दा बढी हुन्छ । एक उडानलाई एक साइकल गणना गरिन्छ ।

“नेपालीको महान् पर्व वडादसैँको शुभसाइत पारेर हामीले उडान सुरु गरेका छौँ, यसले दसैँको बेला हुने उडान चापलाई कम गर्न र समयमै उडान भर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, प्रवक्ता बर्तौलाले भने । उत्कृष्ट इन्टेरियर, लग्जरी सिटको साथै वातानुकुलित उक्त विमानको यात्रा अझ बढी आरामदायी हुने यती एअरलाइन्सले जनाएको छ ।

सो एअरलाइन्सले हाल नेपालको सुगम गन्तव्य काठमाडौँ चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्जलगायत पर्वतीय उडानमा आफ्नो सेवा दिँदै आएको छ भने अन्तरास्ट्रियतर्फ चार्टर र नन सेड्युल उडान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक

ताजा

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८३ वैशाख १६ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.