थोरै पैसा हुनेलाई मोटरसाइकल दिने यामाहाको नयाँ स्कीम
काठमाडौँ । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालमा लागि आधिकारीक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले ‘लोन मेला’ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकलाई सहज हुने डाउन पेमेन्ट छानेर मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने स्कीम ल्याएको छ । यसलाई नै लोन मेला नाम दिइएको हो ।
चाडपर्व लक्षित यो लोन मेलामा ग्राहकले २० प्रतिशत डाउन पेमेन्टदेखि नै मोटरसाइकल तथा स्कुटर किन्न सक्नेछन् । यो लोन मेला मोटरसाइकल खरिद गर्ने ग्राहकले १८ महिना र २४ महिनाको किस्ता अवधि छनोट गर्न पाउनेछन् । यो स्कीममा १८ महिनाको लोन अवधि राख्दा १३ प्रतिशत र २४ महिनाको अवधि राख्दा १४ प्रतिशत ब्याज लाग्ने कम्पनीले जनाएको छ ।
यामाहाको लोन मेला स्कीम अन्र्तगत यामाहा एफजेडएस भी २ खरिद गर्दा ६९ हजार ५८० रुपैयाँ डाउन पेमेन्ट गरेर खरिद गर्न सक्नेछन् । यो डाउन पेमेन्ट रकम २० प्रतिशत हो । यो मोटरसाइकलको मूल्य ३ लाख ४७ हजार ९०० रुपैयाँ रहेको छ ।
डाउन पेमन्ट पश्चात् बाँकी ८० प्रतिशत रकम ग्राहकले १८ महिना र २४ माहिनाको किस्तामा तिर्ने सुविधा प्राप्त गर्छन् । १२ महिनाको अवधिमा लाग्ने मासिक किस्ताको बारेम बुझ्ना यहाँ क्लिक गर्नुहोल त्यस्तै, २४ महिनाको किस्तामा मोटरसाइकल किन्न चाहनेले मासिक किस्ता बुझ्न यहाँ क्लिक गर्नुहोला ।
यसमा १४९ सीसी एयरकूल्ड सिगंल सिलिन्डर एफआइ इन्जिन रहेको छ । उक्त इन्जिनले १३ बीएचपी तथा १३ एनएम टर्क जेनेरेट गर्छ । यस बाइकमा फ्रन्टमा २८२ एमएम तथा रियरमा २२० एमएमको डिस्क ब्रेक रहेको छ । यसमा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
