थोरै पैसा हुनेलाई मोटरसाइकल दिने यामाहाको नयाँ स्कीम
काठमाडौँ । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालमा लागि आधिकारीक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले ‘लोन मेला’ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकलाई सहज हुने डाउन पेमेन्ट छानेर मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने स्कीम ल्याएको छ । यसलाई नै लोन मेला नाम दिइएको हो ।
चाडपर्व लक्षित यो लोन मेलामा ग्राहकले २० प्रतिशत डाउन पेमेन्टदेखि नै मोटरसाइकल तथा स्कुटर किन्न सक्नेछन् । यो लोन मेला मोटरसाइकल खरिद गर्ने ग्राहकले १८ महिना र २४ महिनाको किस्ता अवधि छनोट गर्न पाउनेछन् । यो स्कीममा १८ महिनाको लोन अवधि राख्दा १३ प्रतिशत र २४ महिनाको अवधि राख्दा १४ प्रतिशत ब्याज लाग्ने कम्पनीले जनाएको छ ।
यामाहाको लोन मेला स्कीम अन्र्तगत यामाहा एफजेडएस भी २ खरिद गर्दा ६९ हजार ५८० रुपैयाँ डाउन पेमेन्ट गरेर खरिद गर्न सक्नेछन् । यो डाउन पेमेन्ट रकम २० प्रतिशत हो । यो मोटरसाइकलको मूल्य ३ लाख ४७ हजार ९०० रुपैयाँ रहेको छ ।
डाउन पेमन्ट पश्चात् बाँकी ८० प्रतिशत रकम ग्राहकले १८ महिना र २४ माहिनाको किस्तामा तिर्ने सुविधा प्राप्त गर्छन् । १२ महिनाको अवधिमा लाग्ने मासिक किस्ताको बारेम बुझ्ना यहाँ क्लिक गर्नुहोल त्यस्तै, २४ महिनाको किस्तामा मोटरसाइकल किन्न चाहनेले मासिक किस्ता बुझ्न यहाँ क्लिक गर्नुहोला ।
यसमा १४९ सीसी एयरकूल्ड सिगंल सिलिन्डर एफआइ इन्जिन रहेको छ । उक्त इन्जिनले १३ बीएचपी तथा १३ एनएम टर्क जेनेरेट गर्छ । यस बाइकमा फ्रन्टमा २८२ एमएम तथा रियरमा २२० एमएमको डिस्क ब्रेक रहेको छ । यसमा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत