• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक

२०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

जसपा गठबन्धनबाट बाहिरिने संकेत

काठमाडौँ । सत्तारूढ पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) ले बाहिरने संकेत गरेको छ। शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनबाट अलग्गिने संकेत गरेको हो। बैठकले निर्वाचनमा सिट तालमेलका सम्बन्धमा अहिले भइरहेको छलफल सन्तोषजनक नभएको भन्दै गठबन्धनको विकल्पमा अन्य दलसँग तालमेल गर्ने, त्यो पनि सम्भव नभए एक्लै चुनाव लड्ने निर्णय गरेको छ।

‘हाम्रो पार्टीको समेत सहभागिता रहेको पाँच दलीय गठबन्धनमा मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिट तालमेलका सम्बन्धमा भइरहेको छलफलमा सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पका रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा तालमेल गर्न सकिनेछ,’ कार्यकारिणी समितिको बैठकपछि जसपाका प्रवक्ता मनीष सुमनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘त्यो पनि हुन नसकेको अवस्थामा जसपा एक्लै निर्वाचनमा भाग लिने निर्णय गर्छ।’

कार्यकारिणी समितिको यस निर्णयले सिट तालमेलका लागि अब एमालेलगायत अन्य दलसँग कुराकानी गर्न जसपालाई बाटो खुला गरेको छ। जसपाका नेताहरूले अब एमालेसँग कुराकानी हुन सक्ने बताएका छन्। ‘अब हामी सबै दलसँग कुराकानी गर्छौं। सबै दलमा एमाले पनि पर्छ,’ जसपा कार्यकारिणी समिति सदस्य विजय यादवले भने, ‘यसको मतलब हामी एक्लै पनि चुनाव लड्न सक्षम छौं। गठबन्धनबाहेक अन्य दलहरूसँग तालमेल गर्न तयार छौं।’

जसपा कार्यकारिणी समितिका अर्का सदस्य एवं कृषिमन्त्री मृगेन्द्रसिंह यादवले कार्यकारिणी समितिको निर्णय सत्ता गठबन्धनका लागि अल्टिमेटम भएको बताए। उनले जसपाले माग गरेअनुसार सिट गठबन्धनका अन्य सहयात्रीले दिएनन् भने पार्टी एक्लै चुनावमा जाने बताए। ‘यो एक किसिमको चेतावनी पनि हो। मधेसमा हामीलाई कम्तीमा १५ सिट चाहिएको छ। गठबन्धनका अन्य दल मधेसमा जसपालाई १५ सिट दिन तयार नभए हामी एक्लै चुनाव लड्छौं,’ उनले भने।

पछिल्लो समय जसपा गठबन्धनका अन्य दलसँग असन्तुष्ट छ। जसपा अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै सिट बाँडफाँटमा अहिले भइरहेको छलफलप्रति असन्तुष्टि पोखेका छन्। शुक्रबार मधेसमा आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले गठबन्धनबिना पनि जसपा एक्लै चुनाव लड्न तयार भएको धारणा राखेका थिए।

यसैगरी बिहीबार धनुषामा गरिएको कार्यक्रममा पनि उनले भनेका थिए, ‘सिट बाँडफाँटमा मधेसी, जनजातिको सम्माजनक सम्बोधन भएन भने हामी एक्लै चुनाव लड्न सक्षम छौं।’ जसपाका अन्य नेताहरूले पनि गठबन्धनले सम्मानजनक सिट नदिए मधेसमा एक्लै चुनाव लड्ने चेतावनी दिइरहेका छन्।

स्रोतका अनुसार मधेस प्रदेशका ३२ सिटमध्ये कम्तीमा १५ जसपाका लागि छुट्टयाउनुपर्ने अडानमा सो दलका नेताहरू छन्। गठबन्धनमा रहेका अन्य दलका नेताहरू भने मधेस प्रदेशमा जसपालाई १५ सिट दिन तयार छैनन्। स्रोतको भनाइ छ, ‘बढीमा १२ सिट जसपालाई दिने गठबन्धनको तयारी छ।’ यसमा जसपाले कडा असन्तुष्टि पोखेको छ।

जसपा कार्यकारिणी समितिको शनिबारको बैठकमा बोलेका अधिकांश सदस्यले गठबन्धनले सम्मानजनक सिट नदिए त्यहाँबाट बाहिरिनुपर्ने सुझाव पार्टी नेतृत्वलाई दिएका छन्। स्रोतका अनुसार बैठकमा कार्यकारिणी समितिका एक सदस्यले भने, ‘हामीले एक्लै चुनाव लड्दा मधेस प्रदेशमा १५र१६ सिट जित्छौं। यस्तो अवस्थामा हामीलाई गठबन्धन किन चाहियोरु कांग्रेस र माओवादीलाई जिताउन हामी किन गठबन्धनमा बस्नुपर्‍योरु’ जसपाले मधेसबाहेक अन्य प्रदेशमा कम्तीमा तीन सिट मागेको छ। ‘यसमा पनि गठबन्धनका अन्य दल सकारात्मक छैनन्,’ स्रोतले भन्यो।

पछिल्लो समय मधेसवादी अर्को दल लोसपाका केन्द्रीय नेताहरू एकएक गरी नेकपा एमालेमा प्रवेश गरिरहेका छन्। केन्द्रीय नेताहरू एमालेमा प्रवेश गरे पनि तल्लो तहका कार्यकर्ता जसपामा आइरहेको सो दलका नेताहरूको दाबी छ। यसैकारण प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीको अवस्था पहिलेको भन्दा झन् बलियो हुने जसपा नेताहरूको विश्लेषण छ। जसपाका एक नेताले भने, ‘त्यसैले हामीलाई कम्तीमा १५ सिट मधेस प्रदेशमै चाहिएको छ। त्योभन्दा तल झर्ने अवस्था नै छैन तर गठबन्धन दलका अन्य नेताहरूले मधेसमा हाम्रो शक्तिलाई बेवास्ता गरिरहेका छन्।’ आजको नागरिक पत्रिकामा खबर छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक
    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक

    २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    • रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक
    • २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल
    • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.