परदेशी फर्किएपछि गाउँबस्तीमा रौनक
काठमाडौं । दैलेखका बिर्खबहादुर केसी दसैं मनाउन नेपालगन्जस्थित जमुनाह नाका हुँदै स्वदेश भित्रिए। केसी रोजगारीका लागि वैशाखमा भारत गएका थिए। दसैं मनाउन घर फर्किएका उनी जमुनाह नाकाबाट भित्रिएपछि खुसी देखिन्थे। दसैंमा घर परिवारका लागि सरसामानसँगै उनले खुसी पनि बोकेर ल्याएका छन्। उनीसँगै रहेका सल्यानका चिरञ्जीवी बुढा पनि प्रफुल्लित मुद्रामा थिए। यतिबेला जमुनाह नाकामा दसैंतिहार मनाउन घर फर्किने नेपालीको लर्को देखिन्छ।
घटस्थापना सुरु भएसँगै भारतबाट घर फर्किने नेपालीको संख्या बढ्दै गएको छ। गाउँघरमै रोजगारी नपाउँदा चैतमा भारत गएको बताउँदै सल्यानका बुढाले भने, ‘घरमा खाली बस्नुभन्दा रोजगारीका लागि चैतमा भारत गएको हुँ। अहिले दसैं मनाउन घर जाँदै छु।’
दसैंतिहार मनाएपछि पुनः भारत जाने उनी बताउँछन्। रोजगारीका लागि भारतका विभिन्न ठाउँमा पुगेका नेपाली घर फर्किन थालेपछि गाउँमा दसैंको उमंग छाएको छ।
भारतको कानपुरस्थित एक होटलमा चौकीदारी काम गर्ने रुकुम पश्चिमका खगबहादुर नेपालीले डेढ वर्षपछि बल्ल दसैं मान्न घर फर्किएको बताए। ‘घर फर्किने खबर पठाएको थिएँ, खबर पाएर घरपरिवार पनि खुसी भएका छन्,’ उनले भने, ‘घरमा पुगेपछि त झन् कति खुसी होलान्।’ खुसीसाथ दसैं मनाउन घर फर्किएको उनले बताए। ‘खेतीपाती लगाएर रोजगारीका लागि भारत पस्छौं,’ दसैं मनाउन घर आएका रोल्पाका कृष्णमान पुनले भने, ‘पर्व मनाउन आउँछौं र मनाएर जान्छौं, फेरि खेतीपाती लगाउने बेला आउँछौं।’ भारतका दिल्ली, मुम्बई, महाराष्ट्र, पन्जाब, पुने, बैंग्लोर, सिमला, हरिद्वारलगायत सहरमा नेपाली रोजगारीका लागि जाने गरेका छन्।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
