समुन्द्रबाट हराएकी पत्नीको खोजीमा १ करोड झ्वाम, पत्नी प्रेमीसँग रोमान्स गर्दै
एजेन्सी । आन्ध्र प्रदेशको विशाखापट्टनमबाट एउटा अनौठो घटना बाहिर आएको छ । एक जोडी सोमबार विशाखापट्टनमको आरके समुन्द्रमा आफ्नो दोस्रो विवाहको वार्षिकोत्सव मनाउन गएका थिए। यसै क्रममा श्रीमती बेपत्ता भइन् । श्रीमानले उनी समुन्द्रमा डुबेको महसुस गरे । पतिले पत्निको खोजी समुन्द्रमा गरिरहे । पछि थाहा भयो कि उनी आन्ध्रको नेल्लोरमा आफ्नो प्रेमीलाई भेट्न गएकी रहछिन् ।
भारतीय समाचार एजेन्सी दैनिक भाष्करको अनुसार समुन्द्रबाट पत्नी बेपत्ता भएपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ती महिलाको शव दुई दिनसम्म समुद्र तट र आसपासका क्षेत्रमा खोजी गरेको थियो । यसका लागि नौसेनाको हेलिकप्टरको सहयोग पनि लिइएको थियो । यससँगै समुद्री प्रहरी, गोताखोर, माछा मार्नेहरूले खोजी गरेका थिए । खोजी कार्यमा प्रशासनले करिब १ करोड रुपैयाँ खर्च गरेको छ ।
२१ वर्षीया साइप्रिया विशाखापट्टनम निवासी हुन् । उनले २ वर्षअघि श्रीकाकुलम निवासी श्रीनिवास रावसँग विवाह गरेकी थिइन्। सोमबार श्रीमान–श्रीमती आफ्नो दोस्रो विवाह वार्षिकोत्सव मनाउन सिंहचलम मन्दिर गए र त्यसपछि समुद्र तटमा घुम्न गए।
सोमबार राति, दम्पती समुद्र तटमा पैदल यात्रा गर्दै थिए। यही क्रममा श्रीमानको फोन आयो र श्रीमतीलाई छोडेर अर्को छेउमा गए, किनकी श्रीमतीले फोनमा सेल्फी खिचिरहेको थिइन् । केही मिनेटमा फर्किएपछि श्रीमती भेटिइनन् । श्रीमती समुद्रमा बगेको महसुस गरेपछि तत्कालै प्रहरीलाई खबर गरेपछि खोजी अभियान सुरु भयो ।
ती महिला आफ्नो प्रेमीसँग आरके बीचबाट भागेर रेलमा चढेर नेल्लोरको कावली पुगिन्। भाग्नु अघि उनले आफ्नो सामाजिक सञ्जाल खाताहरू मेटाएकी थिइन् र आफ्नो फोन पनि लगिनन् । नेल्लोर पुगेपछि, उनले नयाँ सिम किनिन् र आफु प्रेमी रविसँग सुरक्षित छु भनेर आफ्ना आमाबाबुलाई सन्देश पठाइन् ।
उनले आफ्ना आमाबुवालाई आफुले रविसँग विवाह गरिसकेको र खोज्ने प्रयास नगर्नु व्हाट्सएपमा भ्वाइस सन्देश पठाएकी थिइन् ।
उनले आफ्ना बाबुआमालाई आफु बसेकोे स्थान ट्रेस गर्न खोजे भने आफुले आत्महत्या गर्ने समेत चेतावनी दिएकी थिइन् ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

