Jankari Kendra
९ श्रावण २०८३, शनिबार

आयोगले तोक्यो प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, आश्विन, १९

काठमाडौँ । निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको हो ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिलो हुने निर्वाचित हुने ‘प्रत्यक्ष’ निर्वाचनतर्फको मनोनयन पत्र दर्ता गर्ने दिन यही आश्विन २३ गते आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र रहेको व्यहोरा सबैको जानकारीका लागि अनुरोध गर्दछु।’ समानुपातिकतर्फको बन्द सुचीको नाम पेश गर्ने र सच्चाउने काम सम्पन्न भए पछि आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि मिति र समय तोकेको हो ।

युट्युब सट्स