सन्दीप लामिछानेलाई हथगडी लगाइएपछि सामाजिक सञ्जालमा आक्रोश
काठमाडौं । प्रहरीसामु प्रस्तुत हुने भन्दै सार्वजनिक जानकारी दिएर कतारबाट नेपाल फर्किएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई त्रिभुवन विमानस्थलमा हथगडी लगाएर नियन्त्रणमा लिइयो । उनले हथगडी छोप्न रुमालको प्रयोग गरे ।
धेरैको ध्यान सन्दीपभन्दा उनको हातमा गयो । यसको चर्को आलोचना भएको छ । सामाजिक सञ्जालमा आत्मसमर्पण गरेको व्यक्तिलाई हथगडी किन लगाएको ? भनी प्रश्नहरु ओइररिएका छन् । सन्दीपमाथि १७ वर्षीया नाबालिकमाथि बलात्कारको आरोप छ ।
सन्दीपले बिहिबार विहानै कतारबाट नेपाल आउने विमान चढ्नु अघि आफू सरकारको आधिकारिक निकायमा प्रस्तुत हुने उल्लेख गरेका थिए । फेसबुकमा लेख्दै उनले प्रहरीलाई लिखित रुपमा जानकारी गराइसकेको र प्रहरीमा पुग्ने बताएका थिए । लामिछानेले आफूमाथि लागेको बलात्कारको आरोपबारे छानविनका लागि अनुसन्धान र कानूनी प्रक्रियामा सहयोग गर्ने उल्लेख गरेका थिए ।
सम्बन्धित समाचार
एनपीएलमा आज पोखरा र सुदुरपश्चिमबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
