यू – १७ एसियन कप छनोटमा भियतनामसँग पराजित हुँदै बाहिरियो नेपाल
जानकारी केन्द्र
२०७९, आश्विन, २२
काठमाडौँ । भियतनाममा जारी एएफसी यू – १७ एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेसँगै नेपाल बाहिरिएको छ। शुक्रबार राति नेपाल भियतनामसँग ५- ० ले पराजित भयो। आयोजक भियतनामलाई जित दिलाउन कोङ फुओङ, होआङ सन, लोङ भु, दिन्ह् थुओङ र भान दान्हले एक एक गोल गरे।
छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३- ० गोलले पराजित भएको थियो। यता, भियतनामको यो लगातार दोस्रो जित हो। उसले पहिलो खेलमा चाइनिज ताइपेलाई ४- ० ले हराएको थियो। समूह ‘एफ’ मा भियतनाम ६ अंकसहित शीर्ष स्थानमा छ । यता, थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा छ।
नेपाल भने अंकविहीन छ । नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ। समूह विजेता सिधै एसियन कपमा छनोट हुनेछन् भने उपविजेता उत्कृष्ट ६ टोलीले एसियन कप खेल्नेछन्।
सम्बन्धित समाचार
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
नाडामा यामाहा एक्सएसआर १५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
देशका धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

