पूर्व – पश्चिम राजमार्गको दाङ खण्ड खुल्यो, घोराही – लमही सडक पुनः अवरुद्ध
जानकारी केन्द्र
२०७९, आश्विन, २२
काठमाडौँ । दाङको लमही–घोराही सडकखण्ड पहिरोले पुनः अवरुद्ध भएको छ । गएराति खुलाइएको सडकमा पुनः पहिरो खसेपछि सवारी आउ – जाउ बन्द भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए । गौतमका अनुसार शनिबार बिहानबाटै पहिरो हटाउने काम सुरु भएको छ ।
उक्त सडकखण्डको मुसोटमा शुक्रबार मध्याह्न करिब १२ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक राति १० बजेमात्र खुलाइएको थियो । त्यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ–बुटवल सडक खण्डमा खसेको पहिरो भने हटाइएको छ । शुक्रबार बिहानदेखि पहिरोले अवरुद्ध सडक करिब २४ घण्टापछि खुलेको हो ।
दाङको गढवा गाउँपालिका–१ को धोद्रे र जुरेनीमा पहिरो खसेपछि शुक्रबार बिहानैदेखि सयौं सवारी साधन जाममा परेका थिए । पहिरो हटेसँगै ती सवारी साधन गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
