काठमाडौँ । धादिङ, गल्छी गाउँपालिका- ६ चिरौदी पुलस्थित सडकमा बा।१८ च ४९३५ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका- ६ महेशदोभान बस्ने ५२ वर्षीया बिनामाया आचार्यको शनिबार दिउँसो मृत्य भएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएकी उनको अम्बेभरोसा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लमजुङ, बेसीशहर नगरपालिका – १ रिठ्ठेबगरमा ग।१ च ५९३४ नम्बरको बोलेरो जिप सडकबाट करिब १ सय मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार सुन्दरबजार नगरपालिका- ३ च्यानपाटा बस्ने ६१ वर्षीय मोती बहादुर मजाकोटीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





