गोदावरी नगरपालिकामा डेङ्गु
काठमाडौँ । गोदावरी नगरपालिकाका ज्वरो आएका चार सय ५० व्यक्तिमा गरिएको स्वास्थ्य परीक्षणमा एक सय ३२ जनालाई डेङ्गु देखापरेको छ । गोदावरी नगरपालिका प्रमुख जनस्वास्थ्य अधिकृत लालबहादुर थापाका अनुसार उक्त नगरपालिकाको वडा नं ३, ११, १२, र १४मा डेङ्गुको सङ्क्रमण बढी देखिएकाले नियन्त्रणका लागि विभिन्न किसिमका क्रियाकलाप अपनाउँदै आइएको छ ।
रेडक्रस, जनप्रतिनिधि, वडाका स्वास्थ्यचौकी, महिला स्वास्थ्य स्वयम्सेविका, विद्यालय र बुद्धिजीवीले घर, कार्यालय, उद्योग विद्यालय आदिमा पर्चा बाँड्ने, पानी जम्ने ठाउँमा सरसफाइ गर्नाका साथै सञ्चारमाध्यबाट जनचेतनासम्बन्धी कार्यक्रमहरु गरिराखेको उनको भनाइ थियो ।
अहिले नगरपालिकामा डेङ्गुको सङ्क्रमण कम भए पनि सर्तक रहन अह्वान गरिएको र त्यसका लागि पारासिटामोललगायत औषधि पर्याप्त व्यवस्था गरिएको बताइएको छ । नेपालमा ३३ हजार ९७५मा डेङ्गु सङ्क्रमण भएकामा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको जनाइएको छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
