Jankari Kendra
९ श्रावण २०८३, शनिबार

राखेप सदस्य सचिव टंक लाल घिसिङ फेवाताल सफाई महाअभियानमा सरिक

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, आश्विन, २५
राखेप सदस्य सचिव टंक लाल घिसिङ फेवाताल सफाई महाअभियानमा सरिक

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद९राखेप० का सदस्य सचिव टंक लाल घिसिङ फेवाताल सफाई महाअभियानमा सरिक हुनु भएको छ । मंगलबार बिहान ताल बाराहीचोकमा सरसफाइमा सरिक हुनु भएको हो । पोखरा महानगरपालिकाले मंगलबारदेखी छुट्टै संयन्त्र बनाएर निरन्तर ताल सफाई अभियानलाई अघी बढाएको छ् ।

राखेप सदस्य सचिव घिसिङ्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुर्वसन्ध्यामा ताल सरसफाइ अभियानमा जुट्न पाउनु गर्वको बिषय रहेको बताउनुहुँदै सम्पदाहरुको संरक्षणको लागि सबैको सहभागिता अपरिहार्य रहनुपर्नेमा जोड दिनुभयो ।

ताल सफाइ कार्यक्रममा ३३ वटै वडाका वडाध्यक्षहरु, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्यहरु,नवौँ राष्ट्रिय खेलकुदका सचिवालय सदस्यहरु, नागरिक समाज, आमा समुह, टोल विकास संस्था, युवा क्लब लगायत संस्था र व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो । फेवाको जलकुम्भी झार निकाल्न महानगरले छुट्टै मेसिन किनेको थियो । तर, मेसिनले प्रभावकारी काम गर्न सकेको छैन । राष्ट्रिय आविष्कार केन्द्रले यस्तै मेसिन बनाउन पहल थालेको छ । इन्जिनियरिङ अध्ययन संस्थानका इन्जिनियरहरुलाई मेसिन बनाउने जिम्मा दिइसकिएको मेयर धनराज आचार्यले बताउनुभयो ।

युट्युब सट्स