Jankari Kendra
२० भाद्र २०८३, शनिबार
Worldlink

हुम्ला पहिरोः घाइते चार जनाको तीन दिनपछि उद्धार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, २६
हुम्ला पहिरोः घाइते चार जनाको तीन दिनपछि उद्धार

काठमाडौँ । हुम्लामा पहिरोमा परी गम्भीर घाइते भएका चार जनाको तीन दिनपछि उद्धार भएको छ। नेपाली सेनाको हेलिकोप्टरबाट दुई दिनदेखि उद्धारको प्रयास गरे पनि खराब मौसमका कारण सम्भव भएको थिएन। मौसममा सुधार भएपछि बुधबार बिहान उनीहरुको उद्धार गरिएको हो।

प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले तीन दिनअघि पहिरोमा परी घाइते भएका चार जनाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको लागि सुर्खेत पठाइएको जानकारी दिए। पहिरोमा घाइते भएका ताँजाकोट गाउँपालिका–५ को मदाना गाउँका सात वर्षका बालक केशव परियार तथा चङ्खेली गाउँपालिका–६ को मासिधारा गाउँका ३८ वर्षका देउच्या सार्की, ३६ वर्षकी अंगती सार्की र तीन वर्षका तपेन्द्र सार्कीको उद्धार गरिएको हो।

मासिधारा पहिरोमा परी एकै घरका चार जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए।

Top Changing Nepal

युट्युब सट्स