नेदरल्याण्ड्सले युक्रेनलाई १५ मिलियन डलरको मिसाइल सहयोग गर्ने घोषणा
काठमाडौँ । नेदरल्याण्ड्सले युक्रेनको हवाई प्रतिरक्षा बलियो बनाउन सहयोग गर्ने घोषणा गरेको छ। घोषणा अनुसार नेदरल्याण्ड्सले युक्रेनलाई करिब १५ मिलियन डलर बराबरको मिसाइल पठाउनेछ।युक्रेनको हवाई प्रतिरक्षालाई बलियो बनाउन ब्रसेल्समा नाटोका रक्षामन्त्रीहरूको बैठकमा पनि यो कुरामा जोड दिइएको थियो।
सोमबार र मङ्गलबार रुसले युक्रेनको राजधानी किभलगायत धेरै सहरमा हवाई आक्रमण गरेको थियो।युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिका र जर्मनीबाट प्राप्त अग्रिम हवाई रक्षा प्रणालीका लागि कृतज्ञता व्यक्त गरेका छन्। योसँगै उनले युक्रेनलाको हवाई ढाल बनाउन पश्चिमासँग सहयोगसमेत मागेका छन्।
अर्कोतर्फ रुसले युक्रेनको ऊर्जा र सैन्य अखडामा आक्रमण योजनाको एक हिस्साका रूपमा भएको स्वीकार गरेको छ।रुसले पनि पश्चिमा राष्ट्रले विश्वव्यापी ऊर्जा संकटलाई चर्काएको आरोप लगाएको छ। रुसमा भएको ऊर्जा मञ्चमा बोल्दै राष्ट्रपति पुटिनले अन्तर्राष्ट्रिय आतंकवादका कारण नोर्ड स्ट्रिममा ग्यास चुहावट भइरहेको बताए।अमेरिकाले महँगो दरमा बीच ग्यास उपलब्ध गराउन सस्तो ग्यासबाट युरोपेली मुलुकलाई निरुत्साहित गर्न यो प्रयास भइरहेको उनले बताए।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
