सुरक्षा फौजको कारबाहीमा पच्चास लडाकु मारिए
काठमाडौँ । सोमालियामा यहाँको सुरक्षा फौजले गरेको कारबाहीमा परी अल सेबाबका कम्तीमा पनि ५० जना लडाकु मारिएका छन् । सोमालियाको आतङ्ककारी समूह अल सेबाबका विरुद्धमा बुधबार गरेको कारबाहीका क्रममा ती लडाका मारिएका यहाँको सेनाका एकजना अधिकारीले जनाएका छन् ।
मध्य सोमालियाको यासुमा गाउँमा सो आतङ्ककारी समूह अल सेबाबका विरुद्धमा यहाँको सेनाले गरेको कारबाहीका क्रममा ती लडाकु मारिएका हुन् ।सो कारबाहीका क्रममा तीन जना सेना पनि मारिएका बताइएको छ । सोमालियाली सेनाका उपप्रमुख ओदोवा युसुफले सो कुराको जानकारी दिए ।
उपप्रमुख युसुफले भने ‘‘हाम्रो सैन्य समूहले गरेको कारबाहीमा अल सेबाब आतंककारी समूहका ५० जना लडाकाको ज्यान गएको छ । त्यस क्रममा तीन जना सेनाको पनि ज्यान गएको छ ।’’ सोमालियाली सेनाले सो क्षेत्रमा अल सेबाबका विरुद्धमा कारबाही जारी राख्ने जनाएको छ ।
सेनाका अनुसार सो क्षेत्रमा यहाँका स्थानीय सुरक्षा समूहको सहयोगमा यहाँको सेनाले केही महिना यतादेखि अल सेबाबका विरुद्धमा कारबाही थालेको हो ।सो कारबाही आगामी दिनमा पनि जारी रहने सेनाले जनाएको छ । सोमालियामा पछिल्ला केही महियना यता यहाँको आतंककारी समूह अल सेबाबले सेना र प्रहरीका विरुद्धमा आक्रमण गरी हत्या गर्ने गरेका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
