माध्यमिक तहमा दोहोरो रजिस्ट्रेसन गर्नुपर्ने प्रावधान हट्यो
काठमाडौं । अव माध्यमिक तहमा एक पटक मात्र रजिस्ट्रेसन गरिने भएको छ। सरकारले विगत १२ वर्षअघि कक्षा ९–१२ लाई विद्यालय शिक्षाको संरचनाभित्र समावेश गरेको थियो। यसैअनुरूप माध्यमिक तहभित्र कक्षा ९ र ११ मा दोहोरो रजिस्ट्रेसन गर्नुपर्ने प्रावधान रहँदै आएको छ।
एउटै तहभित्र दोहोरो रजिस्ट्रेसन गर्दा राष्ट्रिय परीक्षा बोर्डलाई आम्दानी हुने भए पनि विद्यार्थीका लागि झन्झट र अभिभावकका लागि अनावश्यक आर्थिक भार हुँदै आएको थियो। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माको अध्यक्षतामा रजिस्ट्रेसनसम्बन्धी प्राविधिक अध्ययन गर्न समिति गठन गरिएको छ। समितिले दिने निर्णयका आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरी दोहोरो रजिस्ट्रेसनलाई हटाउने भएको छ ।
बोर्डका अध्यक्ष डा शर्माले कुन तरिका र विधिबाट यसलाई सहज बनाउन सकिन्छ भन्ने अध्ययन समितिको सिफारिसका आधारमा निर्णय हुने जानकारी दिँदै भने “अब कक्षा ९ मा रजिस्ट्रेसन गरे पुग्नेछ । एक पटक रजिस्ट्रेसन गरेपछि त्यसले कक्षा १२ सम्मकै लागि काम गर्नेछ ।”
माध्यमिक शिक्षा परीक्षा एसईईमा सहभागी हुन कक्षा ९ मा र एसएलसीई कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन कक्षा ११ मा रजिस्ट्रेसन फाराम भर्नुपर्ने प्रावधान छ । दुवै कक्षामा फाराम भर्दा जनही पाँच सय रुपियाँ बुझाउनुपर्ने नियम छ । कक्षा ११ मा कम्तीमा चार लाख नयाँ विद्यार्थी भर्ना हुने गरेका छन् । कक्षा ११ मा रजिस्ट्रेसन फाराम भर्नु नपर्ने भएमा वार्षिक कम्तीमा २० करोड रुपियाँ बोर्डको आम्दानीमा कटौती हुनेछ ।
केही वर्षअघि हरेक वर्ष कक्षा ९ मा असोज र कात्तिकमा रजिस्ट्रेसन फाराम भराउने चलन हुन्थ्यो । नयाँ व्यवस्था गर्न लागिएकाले अझैसम्म कक्षा ९ को रजिस्ट्रेसन फाराम खुला गरिएको छैन । गोरखापत्र दैनिकबाट
सम्बन्धित समाचार
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
१०,००० एमएएच ब्याट्रीसहित रेडमी नोट १७ सिरिज सार्वजनिक, प्रो सिरिजमा बड्स ६ प्ले उपहार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

