अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । कास्की र सुर्खेतबाट अवैध लागूऔषसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका–३२ बडहरेबाट १ केजी ९ सय ग्राम गाँजासहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय दान बहादुर भुजेल र २० वर्षीय अरुण सुनार रहेका छन् । प्रहरी चौकी जनताको चौताराबाट खटिएको प्रहरीले भुजेलकै घरमा जाँच गर्ने क्रममा उनीहरुलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सुर्खेतको भेरीगंगा नगरपालिका–१२ बाट ३ ग्राम ५५ मिलिग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बहराईज नानपरा घर भई बिरेन्द्रनगर नगरपालिका–३ गण्डकी लाईन बस्ने २६ वर्षीय लियाकत अलीले छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको बा।५ च ३७७२ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवारी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
