कैलालीका किसानलाई धान भित्र्याउने चटारो
काठमाडौँ । कैलाली– तिहारमा घर झिलिमिली पारिएका छन्। कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन्। तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन् । दीपावलीको रमझमसँगै सबैतिर देउसीभैलो खेल्न सुरु भएको छ। तिहारका लागि किनमेलसँगै भाइटीकाको तयारी भइरहे पनि जिल्लाका किसान खेती स्याहार्नमा व्यस्त छन् ।
दीपावलीको चौथो दिन लागिसक्दा पनि अधिकांश किसान धान भित्र्याउनमा व्यस्त छन्। तयार भएको धान मौसम प्रतिकूलताका कारण काट्न नपाएका किसान यतिखेर मौसमले साथ दिएकाले धानखेतमै व्यस्त छन्। ‘दशैंमै धान बाली तयार थियो, मौसमको सूचनाले काट्न पाइएन, त्यसपछि मौसम सफा भएपछि काट्न थाल्यौं, अहिले पनि मौसमको के भर त्यसैले हामी धान स्याहार्नमै व्यस्त छौं’, किसान पल्टु चौधरीले भने, ‘खानका लागि धान, वस्तुभाउका लागि पराल पनि भण्डारण गर्नुपर्यो। अहिले तिहारमा भुलेमा खेतमै धान सकिन्छ ।’
उनी भाइटीकाको एकदिन मात्रै रमाइलो गर्नेगरी परिवार काममा जुटेका बताउँछन्। ‘चार बिघा खेत काटिसक्यौं, अहिले धान दाउने ९थ्रेसिङ० गर्ने र धान र पराल भण्डारणको काम चलिरहेको छ’, उनले भने, ‘बढी भएको धान बिक्री गरेर हिउँदे खेतीका लागि आवश्यक मल, बीउको जोहोसमेत गर्न आवश्यक छ ।’
धान तयारी भएका बेला मौसम प्रतिकूलताले दशैंपछि मात्र धान कटानी थालेका किसानहरु अहिले दीपावलीमा धान कटाइसँगै भित्र्याउनमा व्यस्त रहेका छन् । दीपावली लागे पनि किसानलाई खासै नछोएको टीकापुर बनगाउँका किसान मानबहादुर चौधरीले बताए।
‘धान भित्र्याउने कि तिहार मनाउने, अन्न भित्र्याउँदा वर्षभरि खान पाइएला’, उनले भने, ‘अहिले धान नभित्र्याए भोकमरी हुने जोखिम छ। अधिकांशको धानबाली बाढीले सक्यो, बचेका किसानहरु खेतमा छौं ।’
गतवर्ष धान भित्र्याउने बेला आएको बाढीले किसानको धान बालीमा नोक्सानी गरेको हुनाले यस वर्ष किसानहरु दीपावली पर्व नमानेर खेतमा छन्। वर्षदिनका लागि आवश्यक अन्न भएकाले समयमा धान बाली भित्र्याउन नपाए खाद्यान्नको संकट आउन सक्ने भएकाले दीपावलीमा पनि खेतमा काम गरिरहेको राजकुमारी चौधरीले बताइन् ।
‘गत वर्ष बाढीले सबै धान बगायो, यस वर्ष पनि केही किसानको बाला छैन, हाम्रो जोगिएको धान स्याहार्न थालेका छौं, यो मौसमको भर छैन’, उनले भने, ‘धान पनि काट्न ढिला भएकाले खेतमै झर्न थालेको छ ।’ चाडपर्व सबैका लागि रमाइलो र महत्वपूर्ण हुन्छ। वर्षदिनमा आउने पर्व र खेती उस्तै हुन्छ। तर पर्व लागे पनि मुख्य दिनबाहेक अन्य दिनमा खेतमा काम गर्दा केही फरक नपर्ने किसानको भनाइ छ। भाइटीकाको एक दिन दीपावली भव्यरुपमा मनाउने तयारी भइरहेको तर अन्य दिनमा खेतमा काम गर्नुपर्ने भएकाले काम गरिरहेका किसान सीता चौधरीले बताइन् ।
‘बल्लबल्ल बाढीबाट बच्यौं, धान नस्याहारे के खानु, अब तिहारभन्दा पनि धान स्याहारेमा वर्षभरि पेट भोको रहँदैन’, उनले भनिन्, ‘सबै परिवार, हाम्रा छिमेकीहरु पनि खेतमै छौं, तिहारमा देउसीभैलो खेल्नेहरु आउँछन् भनी एकरएकजना घरमा बस्ने अरू सबै खेतमा पस्ने गरेका छौं ।’
गत असोजको अन्तिम बाढीले यहाँ धानबालीमा क्षति पुर्याएको छ। बाढीले टीकापुरमा करिब २० प्रतिशत धानबाली नोक्सान भएको पालिकाले जनाएको छ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
