दमौलीमा कस्मेटिक पसलमा आगलागी
जानकारी केन्द्र
२०७९, कार्तिक, ८
तनहुँ । तनहुँको सदरमुकाम दमौली न्यूरोडस्थित न्यान्सी कस्मेटिक पसलमा सोमबार राति आगलागी भएको छ ।व्यास नगरपालिका–१ भादगाउँ निवासी मनिषा कुमालले सञ्चालन गरेको उक्त पसलमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ ।
उक्त पसल केही महिनाअघि रु ६३ लाखमा खरिद गरेको पसल सञ्चालक कुमालले जानकारी दिए। पसल किनेपछि पनि सामान थप गरिएकाले करिब रु७० लाखको क्षति भएको उनको दाबी छ ।
आगलागीका कारण कस्मेटिकका सामान तथा टाँसीलगायतका सामान जलेर क्षति भएको प्रहरीले जनाएको छ । दमकल आउन ढिलाइ भएकाले बढी क्षति हुन गएको घटनास्थलमा सहभागीले बताएका थिए । स्थानीयवासी, नेपाल प्रहरी, नगरप्रहरीसहितको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगलागीका कारण कति क्षति भयो भन्नेबारे पीडित व्यक्तिले प्रहरीमा कुनै जाहेरी नदिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
