चितवनमा दुई हजारभन्दा बढीमा डेंगी संक्रमण
भरतपुर । चितवनमा डेंगी सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ। जिल्ला स्वास्थ्य कार्यालय, चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको हो । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेंगी परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
कार्यालयको तथ्याङ्कअनुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवन जिल्लाभित्रका छन्। जसमा आठ सय २२ पुरुष र छ सय २९ महिला छन् । चार सय ५४ सङ्क्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । चितवनमा यो अवधिमा डेंगी सङ्क्रमणबाट तीन जनाको ज्यान गएको कार्यालयले जानकारी दिएको छ ।
चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेंगी सङ्क्रमित भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको छ ।
खैरहनी नगरपालिकामा एक सय २४, माडीमा २८, रत्ननगरमा एक सय ९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेंगी देखिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
इच्छाकामना गाउँपालिकामा हालसम्म आठ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ। अझै केही समय डेंगी सङ्क्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले बताए।
उनले जाडो बढेसँगै डेंगी कम हुँदै जाने अनुमान गरिएको पनि बताए।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग

